logo
२०८१ जेष्ठ २ बुधवार



नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठ निर्वाचित

खेलकुद |


नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठ निर्वाचित


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २८ गते । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले निकतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई सातमत अन्तरले हराउनुभएको हो ।
श्रेष्ठले १७ मत प्राप्त गर्नुहुँदा उमेशलालले १० मत पाउनुभएको थियो परेको छ ।

महासचिव पदमा जीवनराम श्रेष्ठ प्यानलकै लिलेन्द्रराज श्रेष्ठ विजयी हुनुभयो ।

त्यसैगरी, पाँच उपाध्यक्ष पदमा भएको निर्वाचनमा ज्योती राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य विजयी हुनुभयो ।

उपमहासचिव पदका लागि भएको निर्वाचनमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्वाचित हुनुभयो ।

तीनवटा पद भएको सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठले बाजी मार्नुभयो ।

सचिवका लागि भएको निर्वाचनमा केशवकुमार विष्ट सफल हुनु सक्नुभएन । राखेपका पूर्वसदस्यसचिव पनि हुनुभएका विष्ट १७ मतसहित पराजित हुनुभयो ।

नेपाल ओलम्पिक कमिटीको सातजना सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, दीर्घबहादुर केसी, होमबहादुर दोङ, टासी घले र राम अवाले सफल हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?