logo
२०८१ जेष्ठ ३ बिहीवार



फिफा वरियतामा नेपालको सुधार   

खेलकुद |


फिफा वरियतामा नेपालको सुधार   


काठमाडौँ, असोज २ गते ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ ।    
    
फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो ।    
    
दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ ।    
    
त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलङ्का २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।    
    
त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?