काठमाडौँ, असोज ८ गते । नेपालका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ बुधबार मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको छ ।
टेटे खेलाडी नविता श्रेष्ठका अनुसार बानेश्वरमा बा १ ज ८८३१ को माइक्रोले एक्कासी ‘यु टर्न’ लिएपछि सो गाडीले श्रेष्ठ चढेको मोटरसाइकललाई ठक्कर दिएको हो । श्रेष्ठको अहिले अन्नपूर्ण न्युरो अस्पतालमा उपचार हुँदैछ । उहाँले छ हप्ता आराम गर्नुपर्ने बताइएको छ ।
श्रेष्ठ अहिले दक्षिण एसियाली खेलकुदको तयारीको क्रममा बन्द प्रशिक्षणमा रहनुभएको थियो ।