logo
२०८१ जेष्ठ ३ बिहीवार



रियल म्याड्रिड शीर्ष स्थानमा

खेलकुद |


रियल म्याड्रिड शीर्ष स्थानमा


 

म्याड्रिड, असोज १०  गते । किशोर खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रिगोको गोलको सहयोगमा रियल म्याड्रिड बुधबार राति नवप्रवेशी ओसासुनालाई २–० ले हराएर स्पेनी लिगको शीर्ष स्थानमा उक्लेको छ ।
पूर्वाद्र्धमा जुनियर र उत्तराद्र्धमा स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेर रोड्रिगोले गोल गर्नुभयो । यस नतिजासँगै रियल म्याड्रिडले छ खेलबाट १४ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको भन्दा रियलको एक अङ्क बढी छ । सोही रात एट्लेटिकोले मायोर्कामा २–० ले जित हात पारेको थियो । एट्लेटिकोका लागि डिएगो कोस्टा र जोयावो फेलिक्सले गोल गर्नुभयो ।
स्पेनी लिगमा रियल म्याड्रिडसँगै एट्लेटिको बिल्बाओ मात्र अपराजित टिम हो । अन्तिम स्थानमा रहेको लेगानेससँग १–१ ले बराबरीमा रोकिएको एट्लेटिको दुई अङ्कले रियलभन्दा पछाडि छ ।
तीन दिनपछि एट्लेटिको म्याड्रिडविरुद्ध खेल्नुपर्ने भएकोले रियल म्याड्रिडले ओसासुनाविरुद्धको खेलमा आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिएको थियो । जसको जुनियर र रोड्रिगोले फाइदा उठाउनुभयो । खेलको ३६ औँ मिनेटमा १९ वर्षीय जुनियरले आफ्नो गोलको खडेरीलाई तोड्दै रियललाई अग्रता दिलाउनुभयो । जुनियरको यो पहिलो गोल भएको छ । त्यसपछि १८ वर्षीय रोड्रिगोले ७१ औँ मिनेटमा शानदार खेलबाट गोल गर्नुभयो ।
रोड्रिगो स्पेनी लिग पदार्पणमा सबभन्दा चाँडै गोल गर्ने खेलाडी पनि बन्नुभएको छ । स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेको ९५ सेकेन्डपछि नै रोड्रिगोले गोल गर्नुभएको हो ।

म्यानचेस्टर विजयी
लन्डन । म्यानचेस्टर युनाइटेड बुधबार राति तेस्रो डिभिजनको रोखडेललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराएर इङ्लिस लिग कपको तेस्रो चरण पार गर्न सफल भएको छ । निर्धारित समयमा स्कुलमै अध्ययनरत १६ वर्षीय ल्युक म्याथसनबाट म्यानचेस्टर युनाइटेडले गोल बेहोरेको थियो । उहाँले युनाइटेडका मासन ग्रीनउडको गोल रद्द गर्नुभएको हो ।
चेल्सीले भने सजिलै चौथो डिभिजनको ग्रिम्स्बीलाई ७–१ ले हराएर चौथो चरणमा स्थान बनायो । लिभरपुलले पनि १७ वर्षीय कि याना होइभरको गोलको सहयोगमा एम के डन्सलाई २–० ले पराजित ग¥यो ।

à पीएसजी पराजित
पेरिस । फ्रेन्च लिगमा बुधबार राति पेरिस सेन्ट जर्मन (पीएसजी) रेम्ससँग २–० ले पराजित भएको छ । पीएसजी १६ महिनापछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । यसैगरी, यस सत्रमा पीएसजीको यो दोस्रो हार भएको छ । पीएसजी हारपछि पनि शीर्ष स्थानमा रहेको छ । एपी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?