logo
२०८१ मंसिर ६ बिहीवार



म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने क्रममा छ – प्रशिक्षक   

खेलकुद |


म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने क्रममा छ – प्रशिक्षक   


लिड्स, असोज १३ गते ।  इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताउनुभएको छ ।    
    
टिमका अनुभवी खेलाडी रोमेलु लुकाकु र अलेक्सिस सान्चेज टिमबाट बाहिरिएसँगै म्यान्चेस्टरको अग्रपंक्ति कमजोर बनेको छ ।

प्रशिक्षक सोल्सजारले क्लबमा प्रतिभाशाली खेलाडी भएपनि पछिल्ला केही खेलमा गोल गर्न नसकिएको भन्दै अग्रपंक्तिका खेलाडी भित्र्याउनेतर्फ विचार विमर्श थालिएको जानकारी दिनुभयो ।    
    
उहाँले हामी खेलामा केही नयाँपन ल्याउन चाहेका छौं, र हामीले केही लामो समयको करारमा खेलाडी भित्र्याउन खोजेका छौं भन्नुभयो ।    
    
म्यान्चेस्टर युनाइटेडले युभेन्टसका मारियो मान्जुकी र पाउलो डिबाला, बोरुसिया डर्टमन्डका जाडोन सान्चो र एथ्लेटिक बिल्बाओका इनाकी विलियम्सलाई ल्याउन प्रयास गरिरहेको छ ।    
    
युनाइटेड हाल प्रिमियर लिगमा ११औं स्थानमा छ । सोमबार युनाइटेडको खेल आर्सनलसँग हुँदैछ ।  (रासस-एएनआई)  

  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?