logo
२०८१ जेष्ठ २ बुधवार



एसियाली शारीरिक सुगठनमा रजनीलाई दुई पदक

खेलकुद |


एसियाली शारीरिक सुगठनमा रजनीलाई दुई पदक
रजनी श्रेष्ठ दायाँबाट पहिलाे


काठमाडौँ, असोज १३ गते । नेपालकी रजनी श्रेष्ठले सोमबार एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा रजतसहित दुई पदक जित्नुभएको छ ।
इन्डोनेसियाको बाताममा भएको प्रतियोगतामा रजनीले ५५ केजी तौल समूहमा रजत तथा ३० वर्षमाथिको इभेन्टमा कास्य पदक जित्नुभएको हो । पहिलो अन्तर्राष्ट्रिय सहभागितामा नै पदक जित्न सफल ३६ वर्षीया रजती एक छोराकी आमा पनि हुनुहुन्छ ।
उहाँले ५५ केजी तौल समूहमा भियतनामकी तोन होया खान लानलाई पछाडि पार्न सक्नुभएन । सो इभेन्टमा भारतकी ब्रम्हाचारी अमला प्रदिप तेस्रो हुनुभयो । २८ राष्ट्र सम्मिलित यस प्रतियोगितामा ३५८ खेलाडीको सहभागिता रहेको थियो ।
गत वर्ष नेपालका महेश्वर महर्जनले विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको थियो । जुन पदक नेपालका लागि ऐतिहासिक बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?