logo
२०८१ जेष्ठ २ बुधवार



नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित

खेलकुद |


नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित


प्रजित शाक्य 

काठमाडौँ, असोज १४ गते । जिम्बाब्वेसँग मङ्गलबार ४० रनले पराजित एपछि नेपालको त्रिदेशीय क्रिकेट प्रतियोगिता जित्ने सम्भावना कमजोर भएको छ ।

जिम्बाब्वेलाई हराएको भए नेपालको उपाधि जित्ने सम्भावना प्रवल हुने थियो । सिङ्गापुरको इन्डियाना एसोसिएसन क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १६० रन बनाएको थियो । नेपालले जवाफमा नौ विकेटको क्षतिमा १२० रन मात्र बनाउनसक्यो ।

प्रारमिभक ब्याट्सम्यान इशान पाण्डेको स्थानमा मौका पाएका पवन सराफ शुन्यमा आउट भएपछि नै नेपालको लक्ष्य पछ्याउने कार्य कठिन बनेको थियो । यस प्रतियोगितामा शानदार लयमा रहेका कप्तान पारस खड्का पनि १२ रनमै आउट भएपछि जिम्बाब्वेको पलडा भारी भयो । त्यसपछि दिपेन्द्र सिंह ऐरी पनि चार रनमा पवेलियन फर्कनुभयो ।

आरिफ शेख र विनोद भण्डारीले मात्र केही उपयोगी पालि खेल्नुभयो । आरिफ २० बलमा २५ रनमा आउट हुनुभभयो । विनोदले सर्वाधिक ३३ रन बनाउनुभयो ।

यसअघि, टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका कप्तान पारस खड्काले बलिङको सुरुवातमा दुवै भागबाट स्पीनरलाई लगाउनुभएको थियो । सन्दीपले चौथो बलमा नै ब्रायन चारीलाई आउट गरेर नेपाललाई स्वप्निल सुरुवात पनि दिलाउनुभयो । यद्यपि अर्को ओभरमा सुसन भारी १५ रन खर्चेर महँगो सावित हुनुभयो ।

त्यसपछि सोमपाल कामीले अर्का प्रारम्भिक ब्याट्सम्यान रेगिस चाकाभा र सन्दीपले आप्mनो दोस्रो ओभरमा खतरनाक देखिएका पिटर मुरलाई बोल्ड गरेपछि नेपालको स्थिति बलियो भएको थियो ।

तर कप्तान सन विलियम्स र तिनोतेन्दा मुतोमबोजी (२० रन)ले चौथो विकेटका लागि ६० रनको साझेदारी निर्वाह गरी जिम्बाब्वेलाई खेलमा फर्काउनुभयो । सोमपालले मुतोमबोजीको विकेट लिएर खतरनकाक बन्दै गएको सो साझेदारीलाई भङ्ग गर्नुभयो ।

कप्तान पारसले विपक्षी टिमका कप्तान विलियम्सलाई आउट गर्नुभयो । विलियम्सले आउट हुनुअघि जिम्बाब्वेको तर्फबाट सबभन्दा बढी ५३ रन बनाउनुभयो । उहाँले ३५ बलको सामना गर्दे चार चौका र तीन छक्का प्रहार गर्नुभयो ।

त्यसपछि रायन बर्ल र रिचमन्ड मुटुम्बामीले जिम्बाब्वेको स्कोलाई चुनौतीपूर्ण बनाउनुभयो । मुुटुम्बामी अन्तिम ओभरमा १७ रन बनाएर अविनाश बोहराको बलिङमा सोमपालद्वारा क्याच आउट हुनुभयो । रायन २१ ब्लमा २८ रन बनाएर अविजित रहनुभयो ।

यस प्रतियोगितामा जिम्बाब्वेले नेपाललाई हराएको यो दोस्रो पटक हो ।

 

ब्ततबअजmभलतक बचभब

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?