logo
२०८१ जेष्ठ ३ बिहीवार



भारतीय क्रिकेटमा नयाँ नेतृत्वको कसरत, गांगुली अध्यक्ष बन्ने

खेलकुद |


भारतीय क्रिकेटमा नयाँ नेतृत्वको कसरत, गांगुली अध्यक्ष बन्ने
तस्वीरः क्रिकइन्फो


एजेन्सी
काठमाडौं, असोज २७ गते । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौभर गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का नयाँ अध्यक्ष नियुक्त हुने भएका छन् । उहाँले आजै बीसीसीआईको अध्यक्ष पदका लागि मनोनयन दत्र्ता गर्नुहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
अध्यक्ष पदमा गांगुलीको एकल उम्मेदवारी पर्ने बुझिएको छ । जसले गर्दा सहमतिमै उहाँ बीसीसीआईका नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना बढेको छ । त्यसैगरी, गुजरात क्रिकेट संघका सहसचिव समेत रहनुभएका भारतको गृह मन्त्रीका छोरा जय शाह बीसीसीआईका नयाँ सचिव नियुक्त हुनुहुनेछ ।
बीसीसीआईको निर्वाचन समितिले सोमबारसम्म मनोनयन पत्र दत्र्ताको समय तय गरेको छ । आगामी मंगलबार बीसीसीआईको रिक्त पदहरुमा मतदान हुने निर्धारण गरिएको छ । त्यसैगरी, ब्रिजेश पटेल इन्डियन प्रिमियर लिगको नयाँ अध्यक्ष हुने सम्भावना छ ।
भारतीय क्रिकेट जगतका नेता एवम् बीसीसीआइका पूर्व अध्यक्षहरु एन श्रीनिवासन, अनुराग ठाकुर, निरञ्जन शाह र राजिव शुक्लाबीच आइतबार भएको छलफलमा नयाँ नेतृत्व चयन गर्न सहमति भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?