logo
२०८१ जेष्ठ २ बुधवार



नेपाल क्रिकेट संघमाथिको निलम्बन सशर्त फुकुवा

खेलकुद |


नेपाल क्रिकेट संघमाथिको निलम्बन सशर्त फुकुवा


इश्वरचन्द्र झा
काठमाडौं, असोज २७ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा गरेको छ । आईसीसीका अध्यक्ष सशांक मनोहर, प्रमुख कार्यकारी मनु शौहनेसहितका पदाधिकारी तथा सदस्यहरुको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
आईसीसीले नेपालमा क्रिकेट सञ्चालन गर्ने निकाय नेपाल क्रिकेट संघ(क्यान)लाई सन् २०१६ मा निलम्बन गरेको थियो । निलम्बनपछि आईसीसीले नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । आईसीसीको सोमबार बसेको बैठक नेपालसँगै जिम्बाबवेमाथिको निलम्बन फुकुवा गरेको हो ।
निलम्बन फुकुवा गरेपनि आईसीसीले केही शर्त राखेको छ । एशोसिएट राष्ट्रले पूरा गर्नुपर्ने मापदण्ड पूरा गर्नुपर्ने तथा क्यानको कोषमाथि आईसीसीकै नियन्त्रण रहने शर्तमा मापदण्ड फुकुवा गरिएको आईसीसीले जनाएको छ ।
आईसीसीका अध्यक्ष मनोहरले भन्नुभयो, “नेपालमा देखिएको प्रगतिपछि उक्त निर्णय लिइएको हो, यद्दपी संक्रमणकालीन नीति अन्तगर्त आईसीसीले केही शर्त राखेको छ ।” क्यानमाथि सरकारको हस्तक्षेपलाई लिएर आईसीसीले निलम्बन गरेको थियो ।
उसले क्रिकेट सञ्चालन गर्ने निकाय क्यानमा स्वतन्त्र र निष्पक्ष चुनाब भए मात्रै निलम्बन हटाउने जनाएको थियो । असोजमै नेपाल क्रिकेट संघमा निर्वाचनबाट १७ सदस्यीय समिति चयन भएको थियो । जिम्बाबवेमाथिको निलम्बन फुकुवा गर्नुअघि आईसीसीका पदाधिकारीले जिम्मबावेका खेलमन्त्री कष्र्टी कोभेन्ट्री र क्रिकेट जिम्बाबवेका अध्यक्ष तभेन्गवा मुकुहलानीसित छलफल गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?