logo
२०८१ जेष्ठ २ बुधवार



पोर्चुगल हार्दा क्रिष्टियानोको सातसय गोल पूरा

खेलकुद |


पोर्चुगल हार्दा क्रिष्टियानोको सातसय गोल पूरा


एजेन्सी
काठमाडौं, असोज २८ गते । क्रिष्टियानो रोनाल्डोले आफ्नो फुटबल क्यारियरको ७०० औं गोल पुरा गर्नुभएको छ ।
यूरो कप छनौट खेलमा युक्रेन विरुद्ध गोल प्रहार गर्नुहुँदै उहाँले ७०० औं गोल पुरा गर्नुभएको छ । यद्दपी युक्रेन विरुद्ध पोर्चुगल १–२ को हार बेहोर्नुपर्यो । युक्रेनले जितपछि भने यूरो कप २०२० को लागि स्थान पक्का गरेको छ ।
क्रिष्टियानो रोनाल्डो जर्ड म्युलर, फेरेन्स पुस्कस, रोमारियो र जोसेफ बिकनसँगै सात सय गोल पुरा गर्नुहुने खिलाडीको समूहमा आबद्ध हुनुभएको छ । पोर्चुगलको प्रतिनिधित्व गरी उहाँले गर्नुभएको यो ९५ औं गोल हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?