logo
२०८१ जेष्ठ २ बुधवार



पारस खड्काले दिए कप्तान पदबाट राजिनामा

खेलकुद |


पारस खड्काले दिए कप्तान पदबाट राजिनामा


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । नेपाली क्रिकेट टिमका कप्तान पारस खडका कप्तानबाट राजिनामा दिनुभएको छ । प्रेस विज्ञप्ती जारी गर्नुका साथै उहाँले फेसबुकमार्फत् आफ्नो राजिनामाको घोषणा गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपालमाथि राखेको निलम्बन फुकुवा गरेको भोलिपल्ट कप्तान खडकाले नेतृत्वबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो राजिनामामा नेपाल क्रिकेट संघमा नयाँ समिति आउनु र नेपालमाथिको निलम्बन फुकुवा हुदाँ अझै राम्रो दिशामा जाने विश्वास व्यक्त गर्नुभएको छ ।
विनोद दास कप्तानबाट राजिनामा दिएपछि नेतृत्व सम्हाल्नुभएका खडका २००९ यता निरन्तर नेपाली टोलीको नेतृत्व गर्नुभएको छ । उहाँकै कप्तानीमा नेपालले विश्वकप टी ट्वान्टी क्रिकेट २०१४ मा सहभागी हुनुका साथै अन्तर्राष्ट्रिय एकदिवसियको मान्यता पाएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?