logo
२०८१ जेष्ठ ३ बिहीवार



नेपाल जोर्डनसँग पराजित

खेलकुद |


नेपाल जोर्डनसँग पराजित


काठमाडौं, असोज २९ गते । विश्वकप फुटबल छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । समूह बी अन्तगर्तको खेलमा नेपालले जोर्डनसँग ३–० ले पराजित भएको हो ।
जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रङगशालामा मंगलबार राति सम्पन्न खेलको पहिलो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफमा जोर्डनका खिलाडीहरुले भने नेपाली रक्षात्मक पद्धती चिर्दै तीन गोल हान्यो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमद अल इर्सान र वाहा फैजलले सामान एक एक गोल गर्नुभयो ।
दोस्रो हाफ सुरु भएको १५ औं मिनेटमा डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खिलाडीलाई लडाउन पुग्दा घरेलु टोलीले पेनाल्टी पाएको थियो । ५६ औं मिनेटमा फेरासले उक्त अवसरलाई सदुपयोग गर्दै पहिलो गोल गर्नुहुँदै जोर्डनलाई १–० को अग्रता दिलाउनुभयो । खेल सम्पन्न पाँच मिनेट मात्रै बाँकी रहँदा जोर्डनले वापसी गर्दै ८७ औं र ८८ औं मिनेटमा लगातार दुई गोल गरेर गोल अन्तरलाई ३–० पार्यो । र जोर्डनले ३–० को जित हात पार्न सफल रह्यो ।
समूह बी मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेको छ । हारसँगै नेपालले समूहगत् चरणको आफ्नो सबै अवे खेल खेलिसकेको छ । अष्ट्रेलिया ९ अड्ढसहित शिर्ष स्थानमा रहँदा जोर्डन सात अड्ढसहित दोस्रो, कुवेत चार अड्ढ ल्याएर तेस्रो स्थानमा रहेको छ । तीन अड्ढ बटुलेको नेपाल चौथो स्थानमा छन् । नेपालले चार खेलमध्ये तीनमा हार र एउटामा जित हात पारेको छ । ताइपेइ भने अड्ढविहीन भई पुछारमा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?