एजेन्सी
काठमाडौं, कात्तिक १ गते । पाकिस्तान क्रिकेट बोर्डले सरफराज अहमदलाई टेष्ट र अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटको कप्तानबाट हटाएको छ । बोर्डले कमजोर लय र समग्र प्रदर्शनका कारण उहाँलाई हटाइएको जनाएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार सरफराजको स्थानमा टेष्ट टिमको कप्तानको रुपमा अजहर अली र टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि बाबर आजमलाई नियुक्त गरिएको छ । सरफराजले भने दुवै टिममा अटाउन समेत सक्नुभएन । नोभेम्बरमा हुने अष्ट्रेलिया भ्रमणमा समेत उहाँलाई टिममा राखिएको छैन् ।
अन्तर्राष्ट्रिय एकदिवसियको लागि भने निर्णय तात्कालको लागि गरिएको छैन् । पाकिस्तानले २०२० को जुलाईसम्म अन्तर्राष्ट्रिय एकदिवसिय खेल्ने तालिका छैन् ।
विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले गतिलो प्रदर्शन गर्न सकेको थिएन । सेमीफाइनलमा स्थान नपाउँदा पाकिस्तानी प्रशंसक निराश हुनुभएको थियो । प्रमुख प्रशिक्षक मिक्की आर्थर र प्रमुख चयनकत्र्ता इन्जमाम उल हकको विदाईसँगै क्रिकेट पाकिस्तानको प्रशिक्षक, चयनकत्र्ता र कप्तान तीनैमा नयाँ अनुहार नियुक्त हुनुभएको छ । मिसबाह उल हक प्रशिक्षक र चयनकत्र्ताको जिम्मेवारीमा हुनुहुन्छ ।