logo
२०८१ जेष्ठ ३ बिहीवार



रोनाल्डोको गोलमा युभेन्टस विजयी

खेलकुद |


रोनाल्डोको गोलमा युभेन्टस विजयी


एजेन्सी
काठमाडौं, कात्तिक ३ गते । पोर्चुगिज स्टार खिलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्टसले इटालियन सेरी ए मा जित हात पारेको छ । शनिबार राति सम्पन्न खेलमा युभेन्टसले बोलोग्नामाथि २–१ को जित हात पारेको हो ।
खेलको १९ औं मिनेटमा रोनाल्डोले सुरुवाती गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाउनुभयो । तर युभेन्टसको अग्रता लामो समय टिक्न पाएन । २४ औं मिनेटमा बोलोग्नाका लागि डेनिलोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याउनुभयो ।
मिरालेम पिजानिकले दोस्रो हाफमा गोल गर्नुहुँदै युभेन्टसलाई २–१ को अग्रता दिलाउनुभयो । पिजानिकले ५४ औं मिनेटमा गर्नुभएको गोल नै निर्णायक हुन गयो । र युभेन्टसले बोलोग्नामाथि जित हात पार्न सफल भयो ।
युभेन्टसले आफ्नो अपराजित यात्रालाई पाँचौं खेलमा पनि जारी नै राख्यो । प्रशिक्षकको रुपमा मौरिजिओ सरीको अपराजित यात्रापनि जारी रह्यो । २२ अङ्कसहित युभेन्टस तालिकाको शिर्ष स्थानमा छन् । १९ अङ्कसहित दोस्रो स्थानमा रहेको इन्टर मिलानले आइतबार हुने ससाउलो विरुद्धको खेलमा जित हात पारे युभेन्टसलाई उछिनेर शिर्षस्थानमा पुग्नेछन् ।
रोनाल्डोले आफ्नो खेल जिवनको ७०० औं गोल अङ्कित जर्सी समेत सार्वजनिक गर्नुभयो । बोलोग्ना विरुद्धको खेलमा उहाँको ७०१ औं गोल हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?