logo
२०८१ जेष्ठ ३ बिहीवार



एएफसी फुटसल छनोट खेल्न नेपाली टोली इरानतर्फ

खेलकुद |


एएफसी फुटसल छनोट खेल्न नेपाली टोली इरानतर्फ


काठमाडौँ, कात्तिक ३ गते ।
तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेलमा सहभागिता जनाउनआइतबार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र छ अधिकारीसहित २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । यही कात्तिक ६ गते उद्घाटन समारोहपछि नेपालले ताजकिस्तानसँग खेल्दै खेल शुभारम्भ गर्नेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक ७ गते उज्वेकिस्तानसँग तथा अन्तिम खेल ८ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीमा विजय गुरुङ, अनिष श्रेष्ठ, निर्मल गुरुङ, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, विनोद गुरुङ, आशिष लामा, मणि लामा, सुमित आले र सन्जोग चाम्लिङ राई छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?