logo
२०८१ जेष्ठ ३ बिहीवार



पहिलो इनिंग्समा भारत ४९७ रनमा सिमित, अफ्रिकाको कमजोर सुरुवात

खेलकुद |


पहिलो इनिंग्समा भारत ४९७ रनमा सिमित, अफ्रिकाको कमजोर सुरुवात


पहिलो इनिंग्समा भारत ४९७ रनमा सिमित, अफ्रिकाको कमजोर सुरुवात
एजेन्सी
कठमाडौं, कात्तिक ३ गते । रोहित शर्माको दोहोरा शतकको सहयोगले दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टको पहिलो इनिंग्समा भारतले ४९७ रनको योगफल तयार गरेको छ । भारत आफ्नो पहिलो इनिंग्स नौ विकेटको क्षतिमा ४९७ रनमा घोषणा गरेको छ ।
जवाबमा आइतबार नै आफ्नो पहिलो इनिंग्स सुरु गरेको दक्षिण अफ्रिकाले कमजोर सुरुवात गरेको छ । दोस्रो दिनको खेल सकिदासम्म दुई विकेटको क्षतिमा नौ रन बनाएको छ । ऊ अझै पहिलो इनिंग्समा ४८८ रनले पछाडि रहेको छ । फाफ डु प्लेसिस र जुबैर हाम्दाले सोमबार तेस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ । ओपनर डीन एल्गरलाई मोहम्मद सामीले खाता खोल्न नदिदै डक आउट गर्नुभयो । क्विन्टन डे कोक पनि चार रन बनाएर उमेश यादबको शिकार हुनुभयो ।
यसअघि शर्माले लगातार दोस्रो दोहोरा शतक लगाएपछि भारतले कमजोर सुरुवातका बावजूद औसत योगफलसम्म पुगेको हो । राँचीमा दोस्रो दिनको खेल तीन विकेटको क्षतिमा २२८ रनबाट अगाडि बढाएको भारतले शर्मा र अजिन्क्यै रहानेको उत्कृष्ट इनिंग्समा औसत प्रदर्शन गर्न सफल रहयो । ३९ रनमै तीन विकेट गुमाएर दबाबमा आएको भारतका लागि शर्मा र रहानेले चौथो विकेटका २९० रनको साझेदारी गर्नुभयो । रहाने ११५ रन बनाएर पेभेलियन फर्किनुभयो । दोस्रो दिनको खेल जारी रहँदा भारतले पाँच विकेटको क्षतिमा ३९८ रन बनाएको छ । रबिन्दर जडेजा २८ र ऋधिमन शाह १४ रन बनाएर अविजित छन् ।
दक्षिण अफ्रिकाका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिनुभयो । एन्रिक नोर्जे र जर्ज लिन्डेले सामान एक एक विकेट लिनुभयो । चार म्याचको टेष्ट च्याम्पियनशीप श्रृखंला अन्तगर्तको पहिलो दुई टेष्ट म्याच भारतले आफ्नो पक्षमा पारेको थियो । पाहुना टोली दक्षिण अफ्रिकालाई पहिलो खेलदेखि नै भारतीय इनिंग्स समेटन हम्मेहम्मे परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?