logo
२०८१ जेष्ठ ३ बिहीवार



दक्षिण अफ्रिकाले फलो अन पायो,दोस्रो इनिंग्समा पनि कमजोर सुरुवात

खेलकुद |


दक्षिण अफ्रिकाले फलो अन पायो,दोस्रो इनिंग्समा पनि कमजोर सुरुवात


एजेन्सी
कठमाडौं, कात्तिक ४ गते । भारत विरुद्धको तेस्रो टेष्ट म्याचको पहिलो इनिंग्समा ३३५ रनले पछाडि परेपछि दक्षिण अफ्रिकाले फ्लो अन पाएको छ । भारतले पहिलो इनिंग्समा तयार गरेको ४९७ रनको जवाबमा दक्षिण अफ्रिका मात्र १६२ रनमा समेटिन पुग्यो ।
तेस्रो दिनको खेल दुई विकेटको क्षतिमा ९ रनबाट अगाडि बढाएको दक्षिण अफ्रिका मात्र १६२ रनमा समेटिएपछि पहिलो इनिंग्समा ३२४ रनले पछाडि परेको छ । भारतीक कप्तान विराट कोहलीले दक्षिण अफ्रिकालाई फ्लो अन दिनुभएको छ । अफ्रिकाले सोमबार नै सुरु गरेको दोस्रो इनिंग्समा पनि कमजोर सुरुवात गरेको छ । उसले १४ रनकै स्थितिमा आफ्नो प्रारम्भिक दुई विकेट गुमाइसकेको छ ।
पहिलो इनिंग्समा जुबैर हाम्दाको ६२ रन अतिरिक्त अन्य कुनै व्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन । टेम्बा बभुनाले ३२ तथा जर्ज लिन्डेले ३७ रनको योगदान दिनुभयो । भारतका लागि उमेश यादबले तीन तथा मोहम्मद सामी, शहबाज नदीम, रबिन्दर जडेजा र रबिचन्द्रन अश्विनले सामान दुई दुई विकेट बाँड्नुभयो ।
यसअघि रोहित शर्माले लगातार दोस्रो दोहोरा शतक लगाएपछि भारतले कमजोर सुरुवातका बावजूद औसत योगफलसम्म पुगेको हो । राँचीमा दोस्रो दिनको खेल तीन विकेटको क्षतिमा २२८ रनबाट अगाडि बढाएको भारतले शर्मा र अजिन्क्यै रहानेको उत्कृष्ट इनिंग्समा औसत प्रदर्शन गर्न सफल रहयो । ३९ रनमै तीन विकेट गुमाएर दबाबमा आएको भारतका लागि शर्मा र रहानेले चौथो विकेटका २९० रनको साझेदारी गर्नुभयो । रहाने ११५ रन बनाएर पेभेलियन फर्किनुभयो । दोस्रो दिनको खेल जारी रहँदा भारतले पाँच विकेटको क्षतिमा ३९८ रन बनाएको छ । रबिन्दर जडेजा २८ र ऋधिमन शाह १४ रन बनाएर अविजित छन् ।
दक्षिण अफ्रिकाका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिनुभयो । एन्रिक नोर्जे र जर्ज लिन्डेले सामान एक एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?