logo
२०८१ जेष्ठ ३ बिहीवार



पोखरालाई शान्त्वना, ललितपुर रित्तो हात फर्कियो

खेलकुद |


पोखरालाई शान्त्वना, ललितपुर रित्तो हात फर्कियो


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ४ गते । विमन च्याम्पियन्स लिग टी २० क्रिकेट प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई छ विकेटले पराजित गरेको छ ।
ललितपुरले प्रस्तुत गरेको १२३ रनको लक्ष्य पोखराले खेल सकिन १४ बल बाँकी छदा मात्र चार विकेटको क्षतिमा पुरा गरेको हो । कमजोर सुरुवात गरेको पोखराका लागि कविता कुवँर र विन्दु रावलले उत्कृष्ट इनिंग्स खेल्नुभयो । कविता कुवँर अविजित ६१ रनको योगदान गर्नुभयो । ३६ बलमा अद्र्धशतक पुरा गर्नुभएकि उहाँले आफ्नो इनिंग्समा दश चौका लगाउनुभयो । विन्दु रावल ४० रन बनाएर पेभेलियन फर्किनुभयो ।
त्यसअघि त्रिवि क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले पुरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२२ रनको योगफल तयार गर्यो । ललितपुरका लागि ममता चौधरीले उत्कृष्ट इनिंग्स खेल्नुभयो । उहाँले ५१ ब्लको सामना गर्दै ५२ रन बनाउनुभयो । कविता जोशीले ३१ रनको योगदान गर्नुभयो ।
प्रतियोगितामा चितवन अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ । उसले चार खेलमध्ये चारवटैमा जित हात पारेको छ । चार खेलमध्ये तीनमा जित हात पारेको क्याट क्विन्स काठमाडौं दोस्रो र दुईमा मात्र जित हात पारेको विराटनगर टाइटन्स तेस्रो स्थानमा छन् । विराटनगर र काठमाडौंबीच मंगलबार हुने क्वालिफायर खेलको विजेताले उपाधिको लागि बिहिबार चितवनसित स्पर्धा गर्नेछ । चार खेलमध्ये तीनमा हार बेहोरेको पोखरा र चारमध्ये चारैमा हार बेहोरेको ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?