logo
२०८१ जेष्ठ ३ बिहीवार



बङगलादेश क्रिकेटमा खेलाडीको विद्रोह

खेलकुद |


बङगलादेश क्रिकेटमा खेलाडीको विद्रोह


एजेन्सी
कठमाडौं, कात्तिक ४ गते । बङगलादेशका क्रिकेट खिलाडीले माग पुरा नभएसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेका छन् । बङगलादेशमा क्रिकेट सुधारको माग गरेका खिलाडीहरुको निर्णयले अर्को महिना हुने भारत भ्रमणको उसको तालिका पनि प्रभावित हुनेछ ।
ढाकास्थित राष्ट्रिय क्रिकेट प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी क्रिकेट बङलादेशमा आबद्ध खिलाडीहरुले ११ बुँदे माग सार्वजनिक गरेका छन् । बङगलादेश क्रिकेट बोर्डले गत् महिना बङगलादेश प्रिमियर लिग फ्रेन्चाइज त्याग्ने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा बङगलादेश क्रिकेट टिमका महत्वपूर्ण खिलाडी शकीब अल हसन र महम्मदुल्लाह पनि उपस्थित हुनुहुन्थ्यो ।
क्रिकेट बोर्डका अध्यक्ष निजामुद्दीन चौधरीले औपचारिक रुपमा माग पत्र आए मात्रै कुनै प्रतिक्रिया जनाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?