logo
२०८१ असोज ४ शुक्रवार



दक्षिण अफ्रिकाले ८४ वर्ष यताकै ठूलो हार बेहोर्यो

खेलकुद |


दक्षिण अफ्रिकाले ८४ वर्ष यताकै ठूलो हार बेहोर्यो


एजेन्सी
काठमाडौं, कात्तिक ५ गते । भारतले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला ‘व्हाइट वाश’ गरेको छ । तेस्रो तथा अन्तिम टेष्ट म्याचमा एक पारी(इनिंग्स) र २०२ रनको भारी अन्तरले हराउँदै टेष्ट श्रृखंला ‘व्हाइट वाश’ गरेको हो ।
दक्षिण अफ्रिकाले सन् १९३५/३६ पछि पहिलोपटक टेष्ट श्रृखंला इनिंग्सको हार बेहोरेको छ । १९३५/३६ मा उसले पहिलोपटक अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंलाको खेलहरु अफ्रिकाले इनिंग्सको हार बेहोरेको थियो । भारतले भने इंग्ल्याण्ड विरुद्ध २०१२ मा टेष्ट श्रृखंलामा हार बेहोरे यता घरेलु मैदानमा टेष्ट श्रृखंलाको जितलाई निरन्तरता दिएको छ ।
भारतले पहिलो इनिंग्समा तयार गरेको ४९७ रनको जवाबमा दक्षिण अफ्रिकाले पहिलो इनिंग्समा मात्र १६२ रनमा समेटिएको थियो । पहिलो इनिंग्समा ३३५ रनले पछाडि पर्दा फ्लो अन पाएको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिंग्समा मात्र १३३ रनमा समेटिएको हो । दक्षिण अफ्रिकाका लागि थेनिस डी ब्रायनले सर्वाधिक ३० रनको योगदान गर्नुभयो । अफ्रिकी इनिंग्सको सातजना ब्याट्सम्यानले दोहोरा स्कोर समेत छुन सकेनन् । भारतका लागि मोहम्मद सामीले तीन तथा उमेश यादब, शहवाज नदीमले समान दुई दुई विकेट लिनुभयो । रविन्दर जडेजा र रबिचन्द्रन अश्विनले समान एक एक विकेट बाँड्नुभयो ।
यसअघि राँचीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले आफ्नो पहिलो इनिंग्स नौ विकेटको क्षतिमा ४९७ रनमा घोषणा गरेको थियो । रोहित शर्माले दोहोरा शतक र अजिन्क्यै रहानले शतक लगाएपछि भारतको पहिलो इनिंग्स बलियो स्थितिमा पुगेको थियो । जवाबमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिंग्समा मात्र १६२ रनमा समेटिएको थियो । जुबैर हाम्जाले सर्वाधिक ६२ रनको योगदान गर्नु भएपछि अफ्रिकालाई फ्लो अनबाट जोगाउन सक्नुभएन । जर्ज लिन्डे ३७ तथा टेम्बा बभुनाले ३२ रन बनाउनुभयो । अन्य कुनै पनि ब्याट्सम्यान दोहोरा योगफल समेत बनाउन सक्नुभएन ।
शर्मा खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?