logo
२०८१ जेष्ठ ३ बिहीवार



बालोन डी ओर सूची सार्वजनिक, को को परे उपाधिको होडमा ?

खेलकुद |


बालोन डी ओर सूची सार्वजनिक, को को परे उपाधिको होडमा ?


एजेन्सी
काठमाडौं, कात्तिक ५ गते । साविक विजेता लुका मोड्रिच बालोन डी ओरको प्रारम्भिक सूचीमा अटाउनुभएको छैन् । क्रोएसियाका मोड्रिच स्पेनिस फुटबल क्लब रियल मड्रिडका मिडफिल्डर हुन ।
फ्रेन्च फुटबल एशोसिएशनले सोमबार राति बालोन डी ओरको सूची सार्वजनिक गर्दा मोड्रिच उक्त सूचीमा अटाउनुभएन । सूचीमा च्याम्पियन्स लिग विजेता इंग्लीश क्लब लिभरपुलका सात खिलाडी परेका छन् । लिभरपुलबाट मोहम्मदल सलाह, साडियो माने, भर्जिल भान डाइक, रोवर्टो फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विजल्डम र ट्रेन्ट अलेक्जेण्डर अर्नोल्ड सूचीमा परेका छन् । सूचीमा बालोन डी ओरका पाँच पाँच पटकको विजेता युभेन्टसका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सी भने अटाएका छन् ।
बालोन डी ओरको पुरुषतर्फको उपाधिका लागि भने त्रिपक्षीय भिडन्त हुने देखिएको छ । लिभरपुलका भर्जिल भान डाइक, बार्सिलोनाका मेस्सी र युभेन्टसका रोनाल्डोबीच स्पर्धा हुने अनुमान गरिएको छ । अगष्टमा सम्पन्न यूरोपेली फुटबल एशोसिएशन वर्ष खिलाडीको उपाधि डाइकले हात पार्नुभएको थियो । मेस्सी भने फिफा एफआइएफपीमा उत्कृष्ट महिनाको खेलाडीमा सिमित हुन पुग्नुभयो । उक्त उपाधिको लागि डाइकले मेस्सीभन्दा सय मत बढी पाउनुभएको थियो । डाइकले ३०५ मत प्राप्त गर्दा मेस्सी २०७ र रोनाल्डो ७४ मतमा खुम्चिनु भएको थियो ।
सूचीमा परेकाहरुमा साडिओ माने, सर्जिओ अग्वेरो, फ्रेन्की डी जोङ, ह्युगो लोरिस, डुसान टेडिक, मार्क आन्द्रे टेर स्टेगन लगायतका रहेका छन् । सूचीमा सबैभन्दा नेदरल्याण्ड्सका पाँच, फ्रान्सका चार, पोर्चुगल र ब्राजिलका तीन तीन खेलाडी परेका छन् । त्यसैगरी आर्जेन्टिना, इंग्ल्याण्ड, सेनेगल र बेल्जियमका दुई दुई खेलाडी सूचीमा अटाएका छन् । सर्बिया, दक्षिण कोरिया, गबोन, जर्मनी, इजिप्ट, अल्जेरिया र पोल्याण्डका एक एक खेलाडी सूचीमा परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?