logo
२०८१ जेष्ठ ३ बिहीवार



उपाधिको लागि काठमाडौं र चितवन भिड्ने

खेलकुद |


उपाधिको लागि काठमाडौं र चितवन भिड्ने


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ५ गते । कप्तान रुविना क्षेत्रीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा क्याट क्विन्स काठमाडौं वुमन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । जितसँगै उपाधिको लागि काठमाडौंले चितवन राइनोजसँगको भेट पक्का गरेको हो । चितवन र काठमाडौंबीच उपाधिको लागि बिहिबार स्पर्धा हुनेछ ।
मंगलबार उपाधिको लागि स्थान सुनिश्चित गर्न भएको स्पर्धामा काठमाडौंले विराटनगरलाई नौ विकेटको भारी अन्तरले पराजित गर्दै उपाधिको लागि स्थान सुनिश्चित गरेको हो । ६९ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले मात्र नौ ओभर पाँच बलमा एक विकेटको क्षतिमा पुरा गर्यो । कप्तान रुविना क्षेत्री ३४ रनमा अविजित रहनुभयो । ओपनर रोमा थापा डक आउट भएपछि अप्सरी बेगमन २७ रनमा अविजित रहनुभयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले १७ ओभर तीन बलमा ६८ रनको झिनो योगफलमा समेटिन पुग्यो । कुनै समय छ ओभर पाँच बलमा ४४ –० को स्थितिमा रहेको विराटनगरलाई काठमाडौंको कसिलो बलिङले २४ रन जोडेर अल आउट हुन पुग्यो । ओपनर ज्योती पाण्डे र सोनु खड्काले उत्कृष्ट सुरुवात गरेपनि अन्य ब्याटसविमन संयमित हुन नसक्दा झिनो योगफलमा समेटिन पुग्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?