logo
२०८१ मंसिर ६ बिहीवार



चौथो मानेभञ्ज्याङ कपको उपाधि सित्तलपाटीलाई

खेलकुद |


चौथो मानेभञ्ज्याङ कपको उपाधि सित्तलपाटीलाई


ध्यान कुलुङ

सङ्खुवासभा, कातिक ७ गते । चौथो मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिताको उपाधि सित्तलपाटी फुटबल क्लवले जितेको छ । बुधबार भएको फाईनल खेलमा हाङ्थुङ युथ क्लवले मादिलाई २–० गोल अन्तरले हराउदै उपाधि चुमेको हो ।

उपाधि जितेसँगै सित्तलपाटी फुटबल क्लवले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । उपविजेतामा सिमित बनेका हाङ्थुङ क्लवले नगद पचास हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

खेलको पहिलो मिनेटमा नै सित्तलपाटीले एक गोल गरेको थियो । खेलको सुरुवातीदेखि नै आक्रमक रुपमा प्रस्तुत भएको सित्तलपाटीले पहिलो हाफको २० मिनेटमा थप एक गोल गरी खेलमाथि आफ्नो नियन्त्रणलाई यथावत राख्दै २–० को अग्रता लियो । खेलको दोश्रो हाफमा भने दुवै टिमले गोल हान्न सकेनन् । हाङ्थुङ क्लवले भने पटक पटक गोल हान्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । सित्तलपाटी फुटबल क्लवसँग पराजित भएसँगै हाङ्थुङ उपविजेतामा सिमित बनेका छन् ।

उत्कृष्ठ विधा तर्फका सबै पुरस्कारहरु पनि सित्तलपाटी फुटबल क्लवका खेलाडीहरुले जितेका छन् । उत्कृष्ठ खेलाडीको पुरस्कार बिजु भुजेलले जितेका छन् । सर्वाधिक गोल कर्ता तर्फको पुरस्कार प्रताप राई र उत्कृष्ठ गोल रक्षकको पुरस्कार रामु राईले जितेका हुन् । विजेता बनेका सित्तलपाटीले नवयुग युथ क्लव पोखरी चैनपुरलाई पराजित गरेर फाईनलमा पुगेको थियो । उपविजेता हाङ्थुङले एड्भान्स क्लव मानेभञ्ज्याङलाई हराएपछि फाईनलमा पुगेको थियो ।

प्रतियोगितामा सान्त्वना स्वरुप नवयुग युथ क्लव पोखरी र एड्भान्स क्लव मानेभञ्ज्याङले नगद २० हजार रुपियाँ पदक र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उत्कृष्ठ खेलाडी बिजु भुजेलले नगद पाँच हजार हात पारेका छने भने उत्कृष्ठ गोल रक्षक रामु राई र सर्वाधिक गोलकर्ता प्रताप राईले जनही २ हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाण पनि प्रदान गरिएको छ ।

कात्तिक १ गतेबाट शुरु भएको फुटबल प्रतियोगितामा सुनसरी र मोरङका २० टिमको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?