logo
२०८१ मंसिर ६ बिहीवार



पारस खडका विदेशी फ्रेन्चाइज अबुधाबी टी टेनमा आबद्ध

खेलकुद |


पारस खडका विदेशी फ्रेन्चाइज अबुधाबी टी टेनमा आबद्ध


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । नेपाली क्रिकेट टिमको कप्तानबाट राजिनामा दिनुभएका क्रिकेटर पारस खडकाले अन्तर्राष्ट्रिय फे्रन्चाइज लिगमा आबद्ध हुनुभएको छ । उहाँले यूएईमा आगामी महिना हुने अबुधाबी टी टेन लिगमा टिम अबुधाबीका लागि खेल्नुहुनेछ ।
पारस खडकाले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जालमा टिम अबुधाबीबाट टी टेन लिग खेल्ने सार्वजनिक गर्नुभएको हो । गत् साता मात्रै टिम अबुधाबीका खेलाडी सदस्यहरुको घोषणा गरिएको थियो । तर उक्त सदस्यहरुको सुची लिग फ्रेन्चाइजलाई बुझाउनुपर्ने मस्यौदा मात्रै रहेकोले खडकालाई पछि थपिएको हो । नेपाली क्रिकेट टोलीका अलराउन्डर खडका दश हजार अमेरिकी डलरमा टिम अबुधाबीमा आबद्ध हुनुभएको हो ।
विदेशी फ्रेन्चाइज लिग खेल्ने पारस खडका तेस्रो खेलाडी हुनुहु्न्छ । यसअघि सन्दीप लामिछाने र सोमपाल कामी विदेशी फ्रेन्चाइज खेलिसकेका छन् । लामिछाने लिगको चर्चित फ्रेन्चाइज आईपीएलको दुई संस्करण खेल्नुभएको छ । खडकाको भने यो पहिलो विदेशी फ्रेन्चाइज अनुभव हुनेछ । सन्दीप भने टी टेन लिगमा कनार्टका टस्कर्सको प्रतिनिधित्व गर्नुहुनेछ ।
अबुधाबीमा चर्चित खेलाडीमा पाकिस्तानका देब्रे हाते तिब्र गतिका बलर मोहम्मद अमीर, इंग्ल्याण्डका अलराउन्डर ल्युक राइट, न्युजिल्याण्डका अलराउन्डर कोरे एन्डरसन छन् ।
इंग्ल्याण्डका मोइन अली अबुधाबीका ‘आइकन’ खेलाडी हुनुहुन्छ । अबुधाबीस्थित शेष जायेद अन्तर्राष्ट्रिय रंगशालामा नोभेम्बर १५ देखि २४ सम्म हुने लिगमा कुल आठ टोलि सहभागी हुनेछ । टी टेनको यो तेस्रो संस्करण हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?