logo
२०८१ मंसिर ६ बिहीवार



एएफसी यू १९ का लागि दोस्रो चरणको खेलाडी छनोट

खेलकुद |


एएफसी यू १९ का लागि दोस्रो चरणको खेलाडी छनोट


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । एएफसी यू १९ च्याम्पियनसिप छनोट खेल्न नेपाली राष्ट्रिय यू १९ फुटबल टोलीको दोस्रो चरणको छनोट गरिएको छ । २७ सदस्यीय टोलीमा साफ यू १८ खेलेका अधिकांश खेलाडी छनोटमा पर्न सकेन ।
साफ यू १८ प्रतियोगितामा कमजोर प्रदर्शन गरेको नेपालले समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक चेतनारायण श्रेष्ठसहितको टोलीले राजिनामा गरेको थियो । निराजन महर्जन, विकास खवास, योगेश गुरुङ, दिनेश हेम्जन, अनिल महर्जन, राजिव लोप्चन, रेजिन सब्बा र दिपेश आले मगर टोलीमा परेका नयाँ अनुहार हुन ।
साफ खेल्ने टोलीबाट मिडफिल्डर रोशन रानामगर, डिफेन्डर एन्जल महर्जन, फरवार्ड सचु गुरुङ लगायतका खेलाडी अटाएनन । नेपाल एएफसी यू १९ च्याम्पियनसिप छनोट प्रतियोगितामा इरान, यूएई र कीर्गिस्तानसँगै समूह डी मा रहेको छ । नेपालले नोभेम्बर ६ मा यूएई, नोभेम्बर ८ मा इरान र नोभेम्बर १० मा कीर्गिस्तान विरुद्ध छनोट खेलहरु खेल्नेछन् ।
२७ सदस्यीय टोलीको गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होनालाई चयन गरिएको छ । डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, निराजन महर्जन छन् । त्यसैगरी दर्शन गुरुङ, शिशिर लेखी, रञ्जन पुन, आकाश बूढामगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश महर्जन मिडफिल्डरको रुपमा २७ सदस्यीय टोलीमा परेका छन् ।
फरवार्डमा ब्रिजेश चौधरी, मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?