logo
२०८१ मंसिर ६ बिहीवार



वार्नरको विष्फोटक ब्याटिंगमा अष्ट्र्रेलियालाई विशाल जित

खेलकुद |


वार्नरको विष्फोटक ब्याटिंगमा अष्ट्र्रेलियालाई विशाल जित


एजेन्सी
एडिलेड, कात्तिक १० गते । देवीड वार्नरले विष्फोटक ब्याटिङ गरेपछि श्रीलङ्का विरुद्धको पहिलो टी ट्वान्टी खेलमा अष्ट्रेलियाले १३४ रनको विशाल अन्तरले जित हात पारेको छ । जितसँगै अष्ट्रेलियाले तीन म्याचको टी ट्वान्टी श्रृखंलामा १–० को अग्रता लिएको छ ।
एडिलेडमा अष्ट्रेलियाले प्रस्तुत गरेको २३४ रनको विशाल लक्ष्य पछ्याउँदै श्रीलङ्का पुरा २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र ९९ रनमा खुम्चिन पुग्यो ।स्कोरबोर्डमा एक रन जोड्दा पहिलो विकेट गुमाएको श्रीलङ्काले १३ रनसम्म पुग्दा तीन विकेट गुमाइसकेको थियो । कुशल परेराले ओशादा फर्नान्डोसित मिलेर चौथो विकेटका लागि ३३ रनको साझेदारी गरेपनि विशाल लक्ष्य पछ्याउने क्रममा उक्त साझेदारी अपर्याप्त रह्यो । दसुन सनाकाले सर्वाधिक १७ रनको योगदान गर्नुभयो । अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक तीन तथा मिसेल स्टार्क, प्याट क्युमिन्सले सामान दुई दुई तथा आष्टन एगरले एक विकेट लिनुभयो ।
यसअघि गृहमैदानमा टस हारेर पहिला ब्याटिङग गर्ने निम्ता पाएको अष्ट्रेलिया विष्फोटक सुरुवात गरेको थियो । ओपनर आरोन फिन्च र देवीड वार्नरले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गर्नुभयो । फिन्च ३६ बलमा आठ चौका र तीन छक्काको सहयोगले ६४ रन बनाउनुभयो । अर्का ओपनर देवीड वार्नर मात्र ५६ बलको सामना गरेर १० चौका र चार छक्काको सहयोग शतक लगाएर अविजित रहनुभयो । ग्लेन म्याक्सवेलले मात्र २८ बलको सामना गर्दै सात चौका र तीन छक्काको सहयोगले ६२ रनको योगदान गर्नुभयो ।
श्रीलङ्काका मुख्य बलर लासिथ मलिंगा रित्तै रहनुपर्यो । लक्षण शंकदकान र दसुन शनाका सामान एक एक विकेट लिनुभयो । खेलको म्यान अफ द् म्याच वार्नर घोषित हुनुभयो । दुई राष्ट्रबीचको दोस्रो टी ट्वान्टी खेल बुधबार ब्रिसबेनमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?