एजेन्सी
काठमाडौं, कात्तिक १० गते । पाकिस्तानले रावलपिण्डी र कराँचीलाई टेष्ट क्रिकेट आयोजना स्थलको रुपमा प्रस्ताव गरेको छ । डिसेम्बर २०१९ मा पाकिस्तानमा टेष्ट क्रिकेट औपचारिकमा पुनः सुरु हुने अनुमान गरिएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले रावलपिण्डी र कराँची शहरस्थित दुई रंगशालामा टेष्ट क्रिकेट खेल्न श्रीलङ्काली क्रिकेट बोर्डलाई प्रस्ताव गरेको छ । श्रीलङ्का क्रिकेटले भने पाकिस्तानको प्रस्तावमा निर्णय गरिसकेको छैन् । श्रीलङ्काले पछिल्लोपटक कराँचीमा तीन अन्तर्राष्ट्रिय एकदिवसिय र दुई टी ट्वान्टी म्याच खेलेको थियो । तर २०१८ को सेप्टेम्बरमा गरिएको उक्त भ्रमणमा श्रीलङ्काले दोस्रो तप्काका खेलाडी पठाएको थियो ।
पछिल्लोपटक भारतीय क्रिकेट टोलीले २००४ मा पाकिस्तान भ्रमण गर्दा रावलपिण्डीमा अन्तर्राष्ट्रिय एकदिवसिय म्याच खेलेको थियो । पाकिस्तानले वर्ष २००९ यता टेष्ट क्रिकेट आयोजना गर्न सकेको छैन् । श्रीलङ्का क्रिकेट टिमका खेलाडीहरु लाहौरमा तेस्रो टेष्ट खेल्नको लागि रंगशाला प्रस्थान गरिरहँदा आतंककारी आक्रमण भएको थियो । दुई दिन मात्रै खेलेर श्रीलङ्काले पाकिस्तान भ्रमण त्यागेर क्रिकेट टोलीलाई फित्र्ता बोलाएको थियो ।