logo
२०८१ मंसिर ९ आईतवार



टेष्ट म्याच डे/नाइट खेलाउन भारतको बङलादेशलाई प्रस्ताव

खेलकुद |


टेष्ट म्याच डे/नाइट खेलाउन भारतको बङलादेशलाई प्रस्ताव


एजेन्सी
काठमाडौं, कात्तिक ११ गते । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले टेष्ट क्रिकेट पनि दिन र रात(डे/नाइट)मा खेलाउने प्रस्ताव गरेको छ । बङलादेश विरुद्धको दोस्रो तथा अन्तिम टेष्ट म्याच डे/नाइट खेलाइने गरी उसले बङगलादेश क्रिकेट बोर्डलाई स्वीकृतिको लागि पत्र पठाएको छ ।
बीसीसीआईले नोभेम्बर तेस्रो साताको लागि निर्धारित बङलादेश विरुद्धको दोस्रो टेष्ट कलकत्तास्थित इडेन गार्डेन ग्राउण्डमा खेलाइने तयारी गरेको छ । इडेन गार्डेन रंगशालाका प्रमुख पिच क्युरेटर सुजन मुखर्जिले भन्नुभयो, “डे नाइट खेल्न तयारीहरु गरिदैछ, यद्दपी बङलादेश क्रिकेट बोर्डको सहमतिमा हुने/नहुने निर्भर रहनेछन् ।”
बङलादेश क्रिकेट बोर्डका प्रमुख कार्यकारी निजामुद्दीन चौधरीले भारतको प्रस्तावमा छलफल भइरहेको बताउनुभयो । टेष्ट मान्यता प्राप्त भारत र बङलादेश मात्रै टेष्ट क्रिकेट डे/नाइट खेल्न सकेको छैन् । पछिल्लोपटक टेष्ट मान्यता पाएको आयरल्याण्ड र अफगानिस्तान पनि डे/नाइट खेल्न सकेको छैन् ।
डे/नाइट खेलमा गुलाबी बलको प्रयोग हुँदै आएको छ । बीसीसीआईका नवनियुक्त अध्यक्ष सौरभ गांगुलीले पनि गुलाबी बलले खेल्न पटक पटक जोड दिदै आउनुभएको छ । उहाँ अध्यक्ष नियुक्त भएपछि पूर्व निर्धारित बङलादेश विरुद्धको दोस्रो टेष्ट खेलमा उक्त प्रयोगका लागि बङलादेशको सहमति खोजिएको हो । यद्दपी डे/नाइट खेलमा राति पर्ने शीतले खेल प्रभावित हुन सक्ने भएकोले ‘ग्राउण्ड’ ओसिलो हुन नदिन पर्याप्त तयारीहरु गरिने प्रमुख क्युरेटर मुखर्जिले बताउनुभयो ।
बङलादेश क्रिकेट टोलीले नोभेम्बर तीनमा पहिलो टी ट्वान्टी सुरु गरी तीन म्याचको टी ट्वान्टी र दुई टेष्ट श्रृखंलाका लागि भारत भ्रमणमा हुनेछ । दोस्रो तथा अन्तिम टेष्ट म्याच नोभेम्बर २२ मा सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?