logo
२०८१ मंसिर ६ बिहीवार



कप्तान शकीब अल हसनमाथि दुर्इ वर्ष खेल्न प्रतिवन्ध

खेलकुद |


कप्तान शकीब अल हसनमाथि दुर्इ वर्ष खेल्न प्रतिवन्ध


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १२ गते । बङलादेश क्रिकेट टिमका अलराउन्डर शकीब अल हसनमाथि भ्रष्टाचार मुद्दामा लागेका तीनवटा अराेप सकारे पछि उहाँलार्इ दुर्इ वर्षसम्म कुुनै पनि खेलमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाएकाे छ  । उहाँलाइ  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भ्रष्टाचार सम्बन्धी अाचार संहिता पालना नगरेकाे अाराेपमा साे प्रतिवन्ध लगाएकाे हाे । शकीब उहाँ बङलादेश टी ट्वान्टी र टेष्ट टिमका कप्तान समेत हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको अलराउन्डर खेलाडीको प्रदर्शनमा विश्व वरियतामा टेष्ट क्रिकेटमा तेस्रो, अन्तर्राष्ट्रिय एकदिवसियमा पहिलो र टी ट्वान्टीमा दोस्रो स्थानमा हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको भ्रष्टाचार विरोधी इकाईले कप्तान शकीबमाथि अनुसन्धान गरिरहेको थियाे ।  म्याच फिक्सबारे बिचौलियाले प्रभावमा ल्याउन गरेको प्रयासबारे शकीबले आईसीसीलाई जानकारी नगराएको दाबी गरिएको थियाे  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?