logo
२०८१ मंसिर ६ बिहीवार

  शकीब अल हसनको प्रतिबन्धको कथा 


“हामी यसमै काम गरौं वा आईपीएलको लागि पर्खौं”

खेलकुद |


“हामी यसमै काम गरौं वा आईपीएलको लागि पर्खौं”


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १३ गते ।
“हामी यसमै काम गरौं वा आईपीएलको लागि पर्खौं”–बिचौलिया दीपक अग्रवालले बङलादेश टी ट्वान्टी टोलीका कप्तान शकीब अल हसनलाई गरेको प्रश्न हो यो । शकीबले बिचौलियाको उक्त प्रस्तावबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई जानकारी गराउनुभएन । उक्त संवादको छानबीनपछि आईसीसीले उत्कृष्ट लयसँगै अलराउण्डर खेलाडीको विश्ववरियतामा दोस्रो शिर्ष स्थानमा रहनुभएका शकीबमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ ।
आईसीसीले उत्कृष्ट खेलाडी शकीबले उक्त प्रस्तावबारे जानकारी नगराएकोमा आफैं स्तब्ध छन् । आईसीसीका एक अधिकारीले भन्नुभयो, “क्रिकेटको तीनवटै स्वरुपमा उत्कृष्ट लयमा रहेका शकीबले के कारणले उक्त प्रस्तावबारे जानकारी गराएन, थाहा भएन ।” यसअघि शकीबले म्याच फिक्सबारे आउने प्रस्तावबारे आईसीसीलाई पटक पटक जानकारी गराएकोले आईसीसी यतिबेला स्तब्ध छ ।
घटनाक्रम
नोभेम्बर २०१७
आईसीसीले सार्वजनिक गरेको सूचना बमोजिम अग्रवालले नोभेम्बर २०१७ मा शकीबसँग सम्पर्कमा आए । जतिबेला बङलादेश प्रिमियर लिग चल्दै थियो । जहाँ शकीब ढाका डायनामाइटको प्रतिनिधित्व गर्नुभएको थियो । शकीबसँग अग्रवाललाई सम्पर्क गराउने अर्कै व्यक्ति भएको आईसीसीले जनाएको छ । व्हाट्स एपमा शकीबलाई पटक पटक गरिएको सन्देशमा अग्रवालले उहाँसँग भेटन प्रयास गरेका थिए ।
जनवरी २०१८
बङलादेशले श्रीलङ्का र जिम्बाबवे सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय एकदिवसिय खेलको आयोजना गर्यो । जनवरी १९ मा बङलादेशले श्रीलङ्कालाई हराउँदै शकीब म्यान अफ द् म्याच घोषित हुनुभयो । अग्रवालले शकीबलाई बधाई दिदै घुमाउरो र गुप्त सन्देश पठायो । आईसीसीको भ्रष्टाचार विरोधी इकाइले अग्रवालको उक्त गतिविधिले ध्यान तान्यो । जसमा लेखिएको थियो– “हामी यसमै काम गरौं वा आईपीएलको लागि पर्खौं ।” अग्रवालले भित्री सूचनाहरु पाउन प्रयास गरेका थिए । शकीबले उक्त प्रस्तावबारे आईसीसीलाई जानकारी गराउनुभएन । चार दिनपछि अग्रवालले फेरी सन्देश पठाए – “ब्रो, यस श्रृखंलामा केही हुन्छ ?” शकीबले उक्त प्रस्तावबारे पनि जानकारी गराउनुभएन ।

अप्रिल २०१८
२६ अप्रिल, २०१८ मा इन्डियन प्रिमियर लिगको क्रममा सनराइजर्स हैदराबादको प्रतिनिधित्व गर्दै शकीबले घरेलु मैदानमा किंग्स एलेवन पञ्जाब विरुद्ध उत्रिनुभयो । र अग्रवालले उक्त खेलको दिन अग्रवाललेसन्देश पठाएपछि शकीबले भेटन चाहेको सन्देश पठाउनुभयो । अग्रवालले शकीबबाट कुन खेलाडी खेल्ने जिज्ञासा राख्दै शकीबको डलर एकाउन्ट, ‘बिट क्वाइन्स’बारे बिस्तृत जानकारी मागे । तर शकीबले आफू पहिला भेटन चाहेको प्रष्ट्याउनुभयो । र शकीबले उक्त घटनापछि मात्रै अग्रवाल ‘म्याच फिक्स’ गर्ने बिचौलिया रहेको ठहरमा पुग्नुभयो । यद्दपी आईसीसीलाई जानकारी गराउनुभएन ।
उक्त प्रकरणपछि आईसीसीले २३ जनवरी, २०१९ र अगस्ट २७ मा सोधपूछ गरेपछि शकीबमाथि अनियमितताको प्रस्तावबारे जानकारी नगराएको आरोप लगायो । र शकीबले उक्त आरोप स्वीकार गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?