लीलाराज झापाली
बिर्तामोड, कार्तिक १६ गते । झापाको बिर्तामोडमा शनिवारबाट अन्नपूर्ण अन्तराष्ट्रिय गोल्डकप सुरुवात भएको छ ।
उद्घाटन खेलमा पाहुना टोली सिक्किम आक्रमक रुपमा प्रस्तुत हुँदा आयोजक जायोन स्पोटिङ्ग क्लव विर्तामोडलाई ५¬¬–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको आयोजक दोस्रो हाफमा थप ४ गोल खादै २ गोल लगाएको थियो ।
सिक्किमका तर्फबाट करण राईले एक्लै ४ गोल गर्नुभयो । आयोजकमाथि गोल बर्षा गर्ने क्रममा करणले खेलको २८ मिनेटमा पहिलो गोल गर्नुभयो । करणले प्रशान्त गुरुङको क्रस पासमा गोलगर्दै आफ्नो टिमका लागि गोलको खाता खोलनुभयो । त्यसपछि करणले क्रमश ४६ , ८० र अतिरिक्त समयमा समेत गोल गरि ह्रयाट्रिक गर्नुभएको थियो भने सिक्किमका तर्फबाट बाकी एक गोल गणेश लिम्बुले गर्नुभयो ।
आयोजक जायोन स्पोटिङका तर्फबाट तपन कार्की र टंक कार्कीले गर्नुभयो । प्रतियोगितामा एक्लै ४ गोल गर्ने सिक्किम आक्रमकका करण राई म्यान अफ दि म्याच हुनुभयो । उहाँले नगद १० हजार रुपैँया पाउनुभयो ।
आइतवारको दोस्रो दिनको खेल झापा ११ र नेपाल पुलिस क्लवविच हुने छ ।
प्रतियोगितामा नेपाल तथा भारतका १० टिमको सहभागिता रहने छ । बिजयीले १२ लाख ५० हजार र उपबिजयी हुने टिमले ६ लाख २५ हजार पाउने आयोजक समिमिका गौरीमान राईले बताउनुभयो । प्रतियोगिताको उदघाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नुभयो । उहाँले खेल विकासमा लागि नेपालका तीनवटै सरकारहरु लागि परेको र प्रदेश सरकारले समेत खेल विकासका लागि भिन्दै कानुन निर्माण गरिसकेकोले आगामी दिनमा खेल क्षेत्रको विकासले तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो ।