गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १९ गते । ललितपुर महानगरपालिकामा साताव्यापी दोश्रो मेयर कप टेबुलटेनिस प्रतियोगिता हुने भएको छ ।
महानगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा वडा नम्बर १६ ले विभिन्न १२ वटा इभेन्टहरुमा उक्त प्रतियोगिता आयोजना गर्न लागेका जानकारी दिइएको छ ।
महिला, पुरुष, युवा, युवती, भेटारान्सहरुको एकल र युगल प्रतियोगिता हुनेछ ।
कात्तिक २३ गतेदेखि साँझ ५ बजेदेखि राति १० बजेसम्म उक्त प्रतियोगिता नागबहालमा आयोजना हुने लागेको छ ।
एकल इभेन्टमा प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही दशहजार, पाँचहजार र तीन हजार रुपियाँ प्रदान गरिनेछ ।
टेबुल टेनिसका राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीका अनुसार प्रतियोगितामा स्थानीय प्रतिस्पर्धीले भाग लिन पाउने छन् ।
आयोजक वडा नम्बर १६का वडाध्यक्ष निर्मलरत्न शाक्यले अन्र्तराष्ट्रिय पदक जित्न सक्ने खेलाडी निर्माण गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।