logo
२०८१ मंसिर ८ शनिवार



हिमालय ह्वाईट, नोवेल एकेडेमी र शारदा मावि क्वाटरफाईनलमा प्रवेश

खेलकुद |


हिमालय ह्वाईट, नोवेल एकेडेमी र शारदा मावि क्वाटरफाईनलमा प्रवेश



धनगढी, कार्तिक २० गते । हिमालय ह्वाईट हाउस काठमाडांै, नोवेल एकेडेमी कञ्चनपुर र शारदा मावि धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा वुधवार भएका दोस्रो खेलले अन्तिम आठ पुग्ने तीन टीमको टुङगो लगाएको हो ।

समुह डी अन्तर्गत भएको दोस्रो खेलमा हिमालय वाईट हाउस काठमाण्डौंले सानदार जित हात पारेको छ । हिमालय वाईट हाउसले सैनिक आवासिय महाविद्यालय तेघरीमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो । सैनिक आवासियले दिएको ७६ रनको विजय लक्ष्य वाईट हाउसले ५ दशमलव ४ ओभरमा पूरा ग¥यो । वाईट हाउसका लागि दिपक बोहोराले अविजित अर्धशतकीय पारी खेल्नुभयो । २१ बलको सामना गर्दै उहाँले ४ छक्का र ५ चौका प्रहार गर्नुभयो । त्यस्तै सुदीप बस्नेतले अविजित १५ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिले व्याटिंग गरेको सैनिकले १७ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ७५ रनको योगफल बनाएको थियो । सो पारीमा विवेक विष्टले २५ रन स्वप्निल केसीले १७ र अभिनास चन्दले ११ ररन बनाउनु वाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिनुभयो । यस्तै समीर तिमिल्सेनाले ३ विकेट लिनुभयो । ५ विकेट लिएका वाईट हाउसका आरियो पौडेल म्यान अफ द म्याच भए ।

उहाँले नगद एक हजार पाँच सय सहित ट्रफी पाउनुभयो । संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलको नतिजाले समुह सी बाट क्वाटरफाईनल पुग्ने दुई टीमको टुंगो लगाएको छ । सत्यवती एकेडेमी लगातार दुई खेलमा पराजित भएपछि समुह सी बाट नोवेल एकेडेमी र शारदा मावि अन्तिम आठमा पुगेका छन् । यसघि सत्यवती शारदा माविसँग पाजित भएको थियोे । समुह सी मा नोवेल र शारदा समुह विजेता र उपविजेताका लागि खेल्नेछन् ।

बुधवारको पहिलो खेलमा सत्यवती नोवेल एकेडेमीसँग ९१ रनले पराजित भएको हो । टस हारेर पहिले व्याटिंग गरेको नोवेल एकेडेमीले २० ओभरमा ९ विकेट क्षतिमा एक सय ५९ रन बनायो । नोवेलका लागि गणेश विटालुले ५२ रनको अर्धशतकीय पाली खेल्नुभयो । २६ वलको सामना गर्दै उहाँले ३ छक्का र ६ चौका प्रहार गर्नुभयो । त्यस्तै अनिल थापाले २६ रन बनाउनुभयो । सत्यवतीका लागि निरज भट्टले ३ र योगेश भाटले २ विकेट लिंदै एक सय ६० रनको विजय लक्ष्य पछ्याएको सत्यवती १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । सत्यवतीका लागि योगेश भाटले ३३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सक्नुभएन ।

नोवेलका लागि विकास सुनार र गणेश विटालुले समान ३ विकेट लिदैं ५२ रन बनाउनुभयो । नोवेलका गणेश विटालु म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँले नगद एक हजार पाँच सय सहित ट्रफी पाउनुभयो । कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिहीवार दुई खेल हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?