logo
२०८१ मंसिर ८ शनिवार



रोहित शर्माको विष्फोटक ब्याटिंगमा भारतको जित

खेलकुद |


रोहित शर्माको विष्फोटक ब्याटिंगमा भारतको जित


एजेन्सी
काठमाडौं, कात्तिक २२ गते । रोहित शर्माले विष्फोटक इनिंग्स खेलेपछि भारतले बङलादेश विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा आठ विकेटको जित हात पारेको छ । भारतले जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा ल्याएको छ । तेस्रो, अन्तिम तथा निर्णायक टी ट्वान्टी खेल आईतबार नागपुरमा खेलाइनेछ ।
कप्तान शर्माले मात्र ४३ बलको सामना गर्दै ८५ रनको उत्कृष्ट इनिंग्स पारी खेलेपछि भारतले १५४ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा पुरा गरेको हो । शर्मा र शिखर धवनको ओपनर जोडी पहिलो विकेटका लागि ११८ रनको साझेदारी गर्नुभयो । धवनले ३१ रन बनाउनुभयो । शर्मा छ चौका र छ छक्काको सहयोगमा ८५ रन जोडेर पेभेलियन फर्किदा भारतले १२.२ ओभरमा १२५ रन बनाएको थियो । श्रेयास एैयरले २४ तथा लोकेश राहुल आठ रन बनाएर अविजित रहनुभयो ।
यसअघि राजकोटमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पाहुना टोली बङलादेशले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १५३ रनको औसत योगफल तयार गरेको थियो । ओपनर लिटोन दास र मोहम्मद नईमले पहिलो विकेटको लागि ६० रनको साझेदारी गरेर बङलादेशलाई उत्कृष्ट सुरुवात दिलाउनुभयो । दास २९ र नईम ३६ रन बनाएर पेभेलियन फर्किनुभयो । पुछारका ब्याट्सम्यानले संयमित पारी खेल्न नसक्दा बङलादेश उत्कृष्ट सुरुवातका बावजूद ठूलो योगफल बनाउन सकेन । सौम्य सरकार तथा कप्तान महमदुल्लाहले सामान तीस तीस रन बनाउनुभयो । भारतका लागि युज्वेन्द्र चाहलले दुई तथा दीपक चाहर, खलिल अहमद र वाशिंगटन सुन्दरले सामान एक एक विकेट लिनुभयो ।
शर्मा खेलको म्याद द् म्याच घोषित हुनुभयो । पहिलो टी ट्वान्टी खेलमा बङलादेशले जित हात पार्दा घरेलु टोली भारत दबाबमा छन् । भारतीय टोलीले गृह मैदानमा बङलादेशबाट जोगिन तेस्रो टी ट्वान्टी खेल जित्नैपर्ने हुन्छ । बङलादेशले भने तेस्रो टी ट्वान्टी जितेर भारतीय भूमिमा पहिलो श्रृखंला जित्ने दाउमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?