logo
२०८१ मंसिर ७ शुक्रवार



सुपर ओभरको जितले इंग्ल्याण्डलाई टी ट्वान्टी श्रृखंला

खेलकुद |


सुपर ओभरको जितले इंग्ल्याण्डलाई टी ट्वान्टी श्रृखंला


एजेन्सी
काठमाडौं, कात्तिक २४ गते । सुपर ओभरमा जित हात पार्दै इंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको पाँच म्याचको टी ट्वान्टी श्रृखंला ३–२ ले जित हात पारेको छ । पाँचौं तथा अन्तिम टी ट्वान्टी खेलमा इंग्ल्याण्डले सुपर ओभरमा जितको लागि प्रस्तुत गरेको १८ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड एक विकेटको क्षतिमा मात्र ८ रन बनाउन सकेपछि श्रृखंला गुमाउन पुगेको हो ।
सुपर ओभरको पहिलो बलमा टिम सैफर्टले दुई रन बटुल्दा दोस्रो बलमा क्रिस जोर्डनले वाइड फालेपछि अतिरिक्त बलमा सैफर्टले चौका प्रहार गरे । जोर्डनले तेस्रो बल डट गराएपछि चौथो बलमा सैफर्ट इयन मोर्गनको हातमा क्याच थमाउन पुगे । पाँचौं बलमा एक रन र छैठौं बल डट राखेपछि इंग्ल्याण्डले न्युजिल्याण्डलाई आठ रनमा सिमित गर्यो ।
न्युजिल्याण्डका कप्तान टिम साऊदीले सुपर ओभरको बलिङको जिम्मेवारी आफैं सम्हाल्नुभयो । पहिलो बलमा जोनी बेयरस्टले एक रन लिँदा दोस्रो बलमा इयन मोर्गनले छक्का प्रहार गरे । तेस्रो बलमा मोर्गनले एक रन लिँदा चौथोमा बेयरस्टले छक्का प्रहार गरे । पाँचौं बलमा एक रन जोडेको इंग्ल्याण्डले अन्तिम बलमा दुई रन जोड्दै सुपर ओभरमा बिना कुनै क्षतिमा १७ रनको योगफल तयार गर्यो ।
त्यसअघि अकल्याण्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको न्युजिल्याण्डले पुरा ११ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १ सय ४६ रनको औसत योगफल तयार गरेको थियो । मार्टिन गुप्टीलले पहिलो विकेटको लागि कोलिन मुन्रोसित ८३ रनको साझेदारी गरेर गतिलो सुरुवात गरेको थियो । मध्यक्रममा टिम सैफर्टले ३९ रन बनाउन अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । इंग्ल्याण्डका लागि सैम कुर्रन, टिम कुर्रन, अदिल मशुद र सकिब महमुदले सामान एक एक विकेट लिनुभयो ।
जवाबमा इंग्ल्याण्डले निर्धारित ११ ओभरमा ७ विकेटको क्षतिमा १ सय ४६ रनमा रोकियो । इंग्ल्याण्डका लागि जोनी बेरस्टले सर्वाधिक ४७ रनको योगदान दिए । न्युजिल्याण्डका लागि ट्रेन्ट बौल्ट, जेम्स निशम र मिसेल सान्टनरले सामान दुई दुई विकेट लिए । टिम साऊदीले एक विकेट लिए । जोनी बैरस्ट खेलको म्यान अफ द् म्याच घोषित भए । न्युजिल्याण्डका मिसेल सान्टनर खेलको म्यान अफ द् सेरिज घोषित भए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?