logo
२०८१ मंसिर ७ शुक्रवार



अल इन्डिया काली कुमाउ कपको उपाधिमाथि सुदूरपश्चिम–११ को कब्जा

खेलकुद |


अल इन्डिया काली कुमाउ कपको उपाधिमाथि सुदूरपश्चिम–११ को कब्जा


धनगढी, कात्तिक २४ गते ।
भारतमा भएको अलइन्डिया काली कुमाउ कपको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जितेको छ । प्रतियोगिता अन्तरगर्त आईतबार भएको फाईनलमा देहरादुन क्लवलाई ६–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ ले उपाधिमाथि कब्जा जमाएको हो । देहरादुन क्लव उपबिजेतामा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा गत वर्ष दिल्ली स्पोर्ट्स क्लबसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिम–११ यस वर्ष च्याम्पियन भएको हो । सुदूरपश्चिम ११ को जितमा विक्रम सिंहले ५ गोल गरे भने कमल देउवाले एक गोल थपे । सिंहले खेलको ९ औँ, ११ औँ, १८ औँ, ३१ औँ र ७७ औँ मिनेटमा गाले गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेको सुदूरपश्चिम–११का अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । सुदूरपश्चिम–११ले २०७६को पहिलो प्रतियोगितामा बिजय सुरुवात गरेको बताउनुहुँदै आगामी सहभागि हुने प्रतियोगितामा पनि सफल हुने उहाँले बताउनुभयो ।
अलईन्डीया फुटवल एसोसिएसनका महासचिव कुशल दाशले बिजेतालाई पुरस्कार बितरण गर्नुभयो । स्पोर्ट्स क्लब वेलफेयर सोसाइटी, चम्पावतले प्रतियोगिता आयोजना गरेको थियो । बिजेता सुदूरपश्चिमले एक लाख भारतीय रुपियाँ ट्रफि, मेडल प्राप्त गरेको छ । उपबिजेताले ५० हजार नागद ट्रफि, मेडल प्राप्त गरेका थिए ।
लगातार दुई बर्ष देखी उक्त प्रतियोगितामा सुदूरपश्चिम–११ सहभागिता जनाउदै आएको छ । प्रतियोगितामा भारतका बिभिन्न राज्यका टिमको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?