logo
२०८१ मंसिर ७ शुक्रवार



फाइनल अघि नेपालको अपराजित यात्रा जारी, मल्दिभ्समाथि सहज जित

खेलकुद |


फाइनल अघि नेपालको अपराजित यात्रा जारी, मल्दिभ्समाथि सहज जित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । बङ्गलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिप प्रतियोगिता अन्तगर्त लिग चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्समाथि सहज जित हात पारेको छ । नेपालले लगातार तिनै सेटमा जित हात पार्दै आफ्नो अपराजित यात्रा समेत जारी राखेको छ ।
दुबै टोली उपाधिको होडमा पुगिसकेको छ । बिहीबार हुने फाइनल अघि जित हात पारेर मनोवैज्ञानिक दबाब पार्ने उद्देश्य लिएर ढाकाको मीरपुरस्थित शाहीद शूरवादी हलमा उत्रिएको हो । नेपालले मल्दिभ्समाथि सहज जित हात पारेर बिहीबारका लागि निर्धारित उपाधिको होडमा उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिने भएको हो ।


पहिलो सेटमा कडा चुनौती दिदादिदै नेपालले मल्दिभ्समाथि २५–१४ को जित निकाल्न सफल रह्यो । दोस्रो सेटमा भने नेपालले एकतर्फी जित हात निकाल्यो । नेपालले ३–७ को स्थितिबाट मल्दिभ्सलाई दोस्रो सेटमा सर्भिसको लागि बल हात पार्न लामो समयसम्म कुरायो । नेपालले १४ अङ्क जोड्दा मल्दिभ्सलाई तीन अङ्कमै रोक्न सफल रहयो । दोस्रो सेटमा रेश्माको सर्भिस उठाउन मल्दिभ्सका सेन्टरलाई हम्मेहम्मे परेको थियो । दोस्रो सेटमा पनि नेपालले २५–०५ ले जित हात पार्यो । पहिलो र दोस्रो सेटमा नेपालका लागि सेन्टर खेल्नुभएकि सलिनाले उत्कृष्ट प्रदर्शन गर्नुभयो । नेपालको जितमा खेलाडीहरुको उत्कृष्ट साझा प्रयास देखियो ।
तेस्रो सेटमा वापसी मल्दिभ्सले सुरुवात वापसी गरेपनि अन्ततः नेपालले जित हात पार्न सफल रह्यो । तेस्रो सेटमा नेपाल २५–१३ ले जित हात पार्यो । नेपालका लागि सफियाले शक्तिशाली सट प्रहार मल्दिभ्सलाई समस्यामा पार्यो ।
पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपालले आफ्नो दोस्रो खेलमा किर्गिस्तान र तेस्रो खेलमा बङ्गलादेशमाथि जित हात पारेर उपाधिको लागि मल्दिभ्ससँगको भेट सुनिश्चित गरेको हो । नेपालले चारवटै खेलमा एउटै सेट हारेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?