logo
२०८१ मंसिर ७ शुक्रवार



कप्तान हयारी केनको हयाट्रिकमा इंग्ल्याण्डको यूरो २०२० को यात्रा सुनिश्चित

खेलकुद |


कप्तान हयारी केनको हयाट्रिकमा इंग्ल्याण्डको यूरो २०२० को यात्रा सुनिश्चित


एजेन्सी
काठमाडौं, कात्तिक २९ गते । इंग्ल्याण्डले यूरो कप २०२० को लागि छनोट भई अन्तर्राष्ट्रिय फुटबलको १०० औं खेललाई ऐतिहासिक बनाएको छ । इंग्ल्याण्डलाई यूरो कप २०२० मा छनोटका लागि बराबरी खेले पुग्ने भएपनि उसले विशाल अन्तरको जित हात पार्यो । छनोट खेलमा मोन्टेनेग्रोलाई ७–० को विशाल अन्तरले हराउँदै इंग्ल्याण्ड यूरो कप २०२० को लागि स्थान सुनिश्चित गरेको हो ।
बिहिबार नै सम्पन्न अन्य खेलहरुमा फ्रान्स, टर्की र चेक रिपब्लिकले यूरो कपका लागि स्थान सुनिश्चित गरेको छ । समूह एच को खेलमा आईसल्याण्डको बराबरी खेलले टर्की र फ्रान्सलाई यूरो कपका लागि छनोट गरायो । टर्कीले आईसल्याण्डसँग गोलरहित बराबरी खेल्यो । चेक रिपब्लिकले कोसोभोमाथि २–१ को जित हात पार्यो । फ्रान्सले मोल्डोभामाथि २–१ को जित निकाल्यो ।
इंग्ल्याण्डका लागि कप्तान हयारी केनले खेलको पहिलो हाफमा हयाट्रिक गोल गर्दै जितमा महत्वपूर्ण योगदान पुर्याउनुभयो । उहाँको हयाट्रिक गोलले इंग्ल्याण्डका लागि सबैभन्दा बढी गोल गर्नुहुने खेलाडीको कीर्तिमान समेत बनाउनुभयो । हयारी केनको गोल संख्या ३१ पुगेको छ । उहाँले फ्रान्क लाम्पार्ड, एलन सिरर, नाट लोफ्टहाउसलाई पछाडि पार्नुभएको छ । एलेक्स ओक्सलैडले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्नुहुँदै इंग्ल्याण्डलाई अग्रता दिलाउनुभयो । उहाँ १८ महिनापछि टिममा फर्किनुभएको हो । एलेक्सले गोल गरी इंग्ल्याण्डलाई १–० को अग्रता दिलाएको सात मिनेट नबित्दै कप्तान हयारी केनले आफ्नो पहिलो गोल गर्नुहुँदै इंग्ल्याण्डलाई २–० को अवस्थामा पुर्याउनुभयो । त्यसपछि केनले २४ औं र ३७ औं मिनेटमा थप दुई गोल गरेर आफ्नो हयाट्रिक पुुरा गर्नुभयो ।
त्यसैगरी मार्कस रशफोर्डले खेलको ४५ औं मिनेटमा थप गोल गर्नुभयो । क्रिष्टियानो रोनाल्डोले पनि समूह बी को खेलमा पोर्चुगलका लागि हयाट्रिय गोल गर्दा लिथोनियामाथि उसले ६–० को जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?