logo
२०८१ मंसिर ७ शुक्रवार



भुटानी प्रधानमन्त्रीसँग नेपाली फुटबल टोलीको भेट

खेलकुद |


भुटानी प्रधानमन्त्रीसँग नेपाली फुटबल टोलीको भेट


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ४ गते । भुटानका प्रधानमन्त्री लोटे शेरिङ र नेपाली राष्ट्रिय फुटबल टोलीसँग भेटघाट भएको छ । भुटानका प्रधानमन्त्री शेरिङसँग उहाँकै निवासमा भुटान भ्रमणमा रहेका टोलीले भेटघाट गरेको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार भेटमा एन्फा अध्यक्ष कर्मा शेरिङ शेर्पा, मुख्य प्रशिक्षक योहान कालिन अतिरिक्त २० सदस्यीय खेलाडीको सहभागिता रहेको थियो ।

भुटानको चाङलिमिथाङमा कुवेत विरुद्धको खेल सकेपछि नेपाली टोलीले प्रधानमन्त्री भेटेको हो । नेपालले उक्त खेलमा १–० ले हार बेहोर्यो ।
भेटघाटको अवसरमा भुटानका प्रधानमन्त्री लोटे शेरिङले नेपाली फुटबलबारे जिज्ञासा राख्नुभएको थियो । भुटान फुटबल संघका अध्यक्ष दाशो युगेन सेचुपले उक्त भेटघाटको समन्वय गराउनुभएको थियो । भेटमा उहाँको पनि उपस्थिति रहेको थियो ।

घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप फुटबलको छनोट खेल रंगशाला समयमै निर्माण नहुँदा नेपालले भुटानमा खेल्ने प्रस्ताव गरेको थियो । नेपालको प्रस्तावलाई एसियाली फुटबल संघले स्वीकृत गरेपछि नेपाल र कुवेत विश्वकप छनोटको खेल भुटानमा खेल्ने अवसर जुरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?