logo
२०८१ मंसिर ७ शुक्रवार



स्टार्क चम्किदा पहिलो इनिंग्समा पाकिस्तान २ सय ४० रनमा समेटियो

खेलकुद |


स्टार्क चम्किदा पहिलो इनिंग्समा पाकिस्तान २ सय ४० रनमा समेटियो


एजेन्सी
काठमाडौं, मङ्सिर ५ गते । पाकिस्तान अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टको पहिलो इनिंग्समा मात्र २ सय ४० रनमा समेटिएको छ । पाकिस्तान पहिलो इनिंग्समा समेटिएसँगै दिनको खेल समाप्त भएको छ ।
ब्रिसबैनमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले औसत सुरुवात गर्दै पहिलो विकेटको लागि ७५ रनको साझेदारी गर्यो । शान मशुदले २७ तथा अजहर अलीले ३९ रन बनाएर पेभेलियन फर्किदा ब्याटिङ्ग गर्न आउनुभएका अशद सफिकले पारी सम्हाल्नुभयो । उहाँले ७६ रन बनाएर पेभेलियन फर्किदा पाकिस्तानको योगफल ९ विकेटको क्षतिमा २ सय २७ रन थियो । मोहम्मद रिजवानले ३७ रन बनाउनुभयो । दिनको खेल सकिन तीन ओभर मात्रै बाँकी रहँदा पाकिस्तान ८६.४ ओभरमा २ सय ४० रनमा समेटिन पुग्यो । 
अष्ट्रेलियाका लागि मिसेल स्टार्कले सर्वाधिक चार विकेट लिनुभयो । प्याट क्युमिन्सले तीन तथा जोश हयाज्लऊडले दुई र नाथन लियोनले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?