एजेन्सी
काठमाडौं, मङ्सिर ५ गते । इंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टको पहिलो इनिंग्समा राम्रो अवस्थामा पुगेको छ । पहिलो दिनको खेल सकिदासम्म इंग्ल्याण्डले चार विकेटको क्षतिमा २ सय ४१ रन बनाएको छ ।
इंग्ल्याण्डका लागि बेन्न स्टोक्स ६७ र ओल्ली पोपेले १८ रनको व्यक्तिगत् योगफलबाट शुक्रबार दोस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ । यसअघि माउन्ट मौनगनुईमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डको ५२ रनमै डोम सिब्लीको रुपमा पहिलो विकेट झरेपछि ऊ दबाबमा आएको थियो । तर अर्का ओपनर रोरी बन्र्सले जोइ डेन्लीसित ६१ रनको साझेदारी गरेर इंग्लीश इनिंग्समा केही स्थिरता प्रदान गर्नुभयो । बन्र्स ५२ रन बनाएर पेभेलियन फर्किनुभयो । डेन्लीले ७४ रनको योगदान दिनुभयो ।
न्युजिल्याण्डका लागि कोलिन डे ग्रान्डहोमले दुई तथा टिम साऊदी र नैल वाग्नरले सामान एक एक विकेट लिनुभयो ।