logo
२०८१ मंसिर ७ शुक्रवार



वेष्टइन्डिजसँगको टी ट्वान्टी र एकदिवसिय खेलको लागि भारतीय टोलीको घोषणा

खेलकुद |


वेष्टइन्डिजसँगको टी ट्वान्टी र एकदिवसिय खेलको लागि भारतीय टोलीको घोषणा


एजेन्सी
काठमाडौं, मङ्सिर ६ गते । तिब्र गतिका बलर भुवनेश्वर कुमार र स्पीनर कुलदीप यादब वेष्टइन्डिज विरुद्धको टी ट्वान्टी र अन्तर्राष्ट्रिय एकदिवसिय टिममा वापसी गर्नुभएको छ । बङ्गलादेशसँगको टी ट्वान्टी श्रृखंला विश्राम दिइएका कप्तान विराट कोहलीले वेष्टइन्डिज विरुद्धको दुबै श्रृखंलामा वापसी गर्नुहुनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले घोषणा गरेको टी ट्वान्टी टोलीमा मोहम्मद सामी पनि अटाउनुभएको छ । एकदिवसिय टोलीमा रहँदै आएपनि २०१७ यता उहाँ टी ट्वान्टीमा स्थान पाउनुभएको थिएन । बङ्गलादेशसँगको श्रृखंलामा टोलीमा रहेका खलील अहमद र श्रद्धुल ठाकुर भने बाहिरिएका छन् । रबिन्दर जडेजाले पनि वापसी गर्नुभएको छ । विकेटकीपर ब्याट्सम्यान सञ्जु सैम्सन र लेग स्पीनर राहुल चाहर पनि बाहिरिएका छन् । वाशिंगटन सुन्दरले टी ट्वान्टीमा स्थान पाउनुभएको छ । बलिङ्ग अलराउन्डर शिवम दुबे भने टी ट्वान्टी र अन्तर्राष्ट्रिय एकदिवसिय दुबैमा स्थान पाउनुभएको छ ।
अन्तर्राष्ट्रिय एकदिवसिय टोलीमा रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, श्रेयास ऐयर, मनिष पाण्डे, ऋषभ पन्त, शिवम दुबे, केदार जाधबले स्थान पाएका छन् । त्यसैगरी टोलीका अन्य सदस्यहरुमा रबिन्दर जडेजा, युज्वेन्दर चाहल, कुलदीप यादब, दिपक चाहर, मोहम्मद सामी र भुवनेश्वर कुमार चयन भएका छन् ।
वेष्टइन्डिज विरुद्धको सीमित ओभरको खेल ६ डिसेम्बरमा टी ट्वान्टीबाट सुरु हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?