logo
२०८१ मंसिर ७ शुक्रवार



देवीड वार्नरको उत्कृष्ट पारीमा अष्ट्रेलिया बलियो स्थितिमा

खेलकुद |


देवीड वार्नरको उत्कृष्ट पारीमा अष्ट्रेलिया बलियो स्थितिमा


एजेन्सी
काठमाडौं, मङ्सिर ६ गते । देवीड वार्नरको उत्कृष्ट इनिंग्समा अष्ट्रेलियाले पाकिस्तान विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा बलियो स्थितिमा पुगेको छ । दोस्रो दिनको खेल सकिदासम्म अष्ट्रेलियाले पहिलो इनिंग्समा ७२ रनको बढ्त लिएको छ ।
तेस्रो दिनको खेल अष्ट्रेलियाले एक विकेटको क्षतिमा ३ सय १२ रनबाट अगाडि बढाउनेछ । पाकिस्तानले पहिलो पारीमा मात्र २ सय ४० रनमा समेटिएको थियो । ओपनर देवीड वार्नरले १ सय ५१ र मार्नस लबुस्नेले अविजित रहँदै ५५ रनबाट तेस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ । पाकिस्तानका लागि यासिर शाहले एक विकेट लिनुभयो ।
यसअघि ब्रिसबैनमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तान पहिलो दिनको खेल सकिन तीन ओभर बाँकी छँदै मात्र २ सय ४० रनमा समेटियो । पाकिस्तानका लागि असद शफिकले बनाउनुभएको ७६ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । ओपनर समेत रहनुभएका कप्तान अजहर अलीले ३९ रन बनाउनुभयो । पाकिस्तानको पारी सस्तोमै समेटन अष्ट्रेलियाका तिब्र गतिका बलर मिसेल स्टार्कले सर्वाधिक चार विकेट लिनुभयो । जोश हयाज्लऊडले दुई तथा प्याट क्युमिन्सले तीन विकेट लिनुभयो । नाथन लियोनले एक विकेटमा चित्त बुझाउनुपर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?