logo
२०८१ मंसिर ७ शुक्रवार



न्युजिल्याण्ड २ सय ९ रनले पछाडि

खेलकुद |


न्युजिल्याण्ड २ सय ९ रनले पछाडि


एजेन्सी
काठमाडौं, मङ्सिर ६ गते । इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याचको पहिलो पारीमा न्युजिल्याण्डले कमजोर सुरुवात गरेको छ । दोस्रो दिनको खेल सकिदासम्म न्युजिल्याण्ड २ सय ९ रनले पछाडि परेको छ ।
न्युजिल्याण्डले तेस्रो दिनको खेल चार विकेटको क्षतिमा १ सय ४४ रनबाट अगाडि बढाउनेछ । इंग्ल्याण्डले पहिलो पारीमा तयार गरेको ३ सय ५३ रनको जवाबमा चारजना ब्याट्सम्यान सस्तोमै पेभेलियन फर्किदा तेस्रो दिनको खेल सुरुवात गर्दा न्युजिल्याण्ड दबाबमा हुनेछ । कप्तान केन विलियम्सनले ५१ रनको योगदान गरेपछि पारीलाई स्थिरता दिन सक्नुभएन । तेस्रो दिनको खेल हेनरी निकोलासले २६ तथा जेम्स वाटलिङ्गले ६ रनको ब्यक्तिगत् योगफलबाट अगाडि बढाउनेछ ।
इंग्ल्याण्डका लागि सैम कर्रनले दुई तथा जैक लीच र बेन स्टोक्सले सामान एक एक विकेट लिनुभयो ।
यसअघि चार विकेटको क्षतिमा २ सय ४१ रनबाट दोस्रो दिनको खेल सुरुवात गरेको इंग्ल्याण्डले १ सय १२ रन जोड्दा छ विकेट गुमाएपछि पहिलो पारीमा ऊ ३ सय ५३ रनमा समेटिन पुग्यो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ९१ रन बनाउनुभयो । जोए डेन्लीले ७४ रनको योगदान दिनुभयो । न्युजिल्याण्डका लागि टिम साऊदीले सर्वाधिक चार तथा नैल वेग्नारले तीन तथा कोलीन डे ग्रान्डहोमले दुई र ट्रेन्ट बौल्टले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?