एजेन्सी
काठमाडौं, मङ्सिर ८ गते । इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याचको पहिलो पारीमा न्युजिल्याण्डले २ सय ६२ रनको अग्रता लिएको छ । न्युजिल्याण्डले आफ्नो पारी ९ विकेटको क्षतिमा ६ सय १५ रनमा घोषणा गर्दै पहिलो पारीमा फराकिलो अग्रता कायम गरेको हो ।
जवाबमा आइतबार नै आफ्नो दोस्रो पारी सुरुवात गरेको इंग्ल्याण्डले कमजोर सुरुवात गरेको छ । उसले चौथो दिनको खेल सकिदासम्म तीन विकेटको क्षतिमा ५५ रन बनाएको छ । पहिलो पारीमा ऊ अझै २ सय ७ रनले पछाडि रहेको छ । पाँचौं तथा अन्तिम दिनको खेल जोइ डेन्लीले ७ तथा जोइ रुटले सुरुवात गर्नुहुनेछ । न्युजिल्याण्डका लागि मिसेल शान्टनरले इंग्ल्याण्डका तीनै जना ब्याट्सम्यानलाई पेभेलियन फर्काउनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्याण्डले बेन स्टोक्सको ९५ रनको सहयोगमा पहिलो पारीमा ३ सय ५३ रनमा समेटिएको थियो । जोए डेन्लीले ५२ रन बनाउनुभयो ।
न्युजिल्याण्डका लागि टिम साऊदीले सर्वाधिक चार तथा नैल वाग्नरले तीन, कलीन डे ग्रान्डहोमले दुई र ट्रेन्ट बौल्टले एक विकेट लिनुभयो ।
जवाबमा न्युजिल्याण्डले वाटलिङ्गको दोहोरा शतक तथा मिसेल शान्टनरको शतकको सहयोगमा पहिलो पारी ९ विकेटको क्षतिमा ६ सय १५ रनमा पारी घोषणा गर्यो । ग्रान्डहोमले न्युजिल्याण्डको योगदानमा ६५ तथा केन विलियम्सनले ५१ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा ३ सय ५३ रन बनाएको थियो ।