logo
२०८१ मंसिर ७ शुक्रवार



बङ्गलादेशमाथि पारीको जित,टेष्ट क्रिकेटमा भारतको नयाँ कीर्तिमान

खेलकुद |


बङ्गलादेशमाथि पारीको जित,टेष्ट क्रिकेटमा भारतको नयाँ कीर्तिमान


एजेन्सी
काठमाडौं, मङ्सिर ८ गते । भारतले बङ्गलादेश विरुद्धको दोस्रो तथा अन्तिम टेष्ट म्याचमा एक पारी र ४६ रनको विशाल अन्तरले जित हात पारेको छ । पहिलो पारीमा भारतले तयार गरेको ३ सय ४७ रनको जवाबमा बङ्गलादेशले दुबै पारीमा ३ सय १ रन मात्रै जोडन सकेपछि उसले लगातार दोस्रो टेष्टमा तेस्रो दिनमै पारीको हार बेहोरेको हो ।
बङ्गलादेशमाथि जितसँगै भारतले लगातार सातौं टेष्ट खेल जित्ने कीर्तिमान बनाएको छ । टेष्ट क्रिकेटमा जुन कीर्तिमान दुलर्भ मानिन्छ । त्यसैगरी, भारतले भने बङ्गलादेश विरुद्धको जितसँगै लगातार चार टेष्ट खेल पारीको अन्तरले जित हात पार्ने पहिलो टेष्ट टिम बनेको छ । गत् महिना मात्रै पहिलो टेष्ट खेलमा दक्षिण अफ्रिकालाई पहिलो टेष्टमा एक पारी र १ सय ३७ रनले हराएको भारतले दोस्रो टेष्टमा समेत दक्षिण अफ्रिकालाई एक पारी र २ सय २ रनको विशाल अन्तरले हरायो । तेस्रो टेष्ट खेलमा बङ्गलादेशलाई एक पारी र १ सय ३० रनले हराएको भारतले चौथो खेलमा बङ्गलादेशलाई नै एक पारी र ४६ रनको अन्तरले हराउँदै नयाँ कीर्तिमान बनाएको छ ।
तेस्रो दिनको खेल सुरु भएको ४७ मिनेटभित्रै भारतीय बलरले बङ्गलादेशी पारीलाई समेट्दै नयाँ कीर्तिमान बनाउन सफल रह्यो । भारतमा यति छोटो अवधिमा टेष्ट खेल सम्पन्न भएको यो पहिलो अवसर हो । यसअघि अफगानिस्तानलाई भारतले २०१८ मा १०२८ बलमा समेट्दै छोटो अवधिमा टेष्ट जित्ने कीर्तिमान बनाएको थियो । बङ्गलादेशलाई भने ९४८ बलमै समेटन सफल भयो । बङ्गलादेशलाई सस्तोमै समेटन भारतका लागि तिब्र गतिका बलर ईशान्त शर्माले ९ विकेट लिनुभयो । दुबै पारीमा गरेर आफ्नो टेष्ट जिवनको दोस्रो सबैभन्दा बढी विकेटको कीर्तिमान उहाँले बनाउनुभयो ।
कलकत्ताको इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बङ्गलादेशले आफ्नो पहिलो पारीमा १ सय ६ रन बनाएको थियो । जवाबमा भारतले कप्तान विराट कोहलीको शतकको सहयोगले ९ विकेटको क्षतिमा ३ सय ४७ रनमा पारीको घोषणा गर्यो । दोस्रो दिन नै दोस्रो पारीको सुरुवात गरेको बङ्गलादेश १ सय ९५ रनमा समेटिएपछि भारतका लागि कीर्तिमानको ढोका खुल्यो । दुबै राष्ट्रले पहिलोपटक गुलाबी बलको प्रयोग गर्दै टेष्ट खेलमा डे नाइटको अभ्यास गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?