logo
२०८१ मंसिर ७ शुक्रवार



कम्ब्याट च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिम उपविजेता, प्रशिक्षकलाई सम्मान

खेलकुद |


कम्ब्याट च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिम उपविजेता, प्रशिक्षकलाई सम्मान


काठमाडौं, मङ्सिर ८ गते ।
भारतमा भएको अन्तराष्ट्रिय कम्ब्याट च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिम उपविजेता बनेको छ । भारतको दिल्लीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा ५ स्वर्ण, १० रजत र २ कास्य गरि कुल १७ पदक जित्दै नेपाल उपविजेता बनेको हो । भारतीय टोली प्रतियोगिताको च्याम्पियन बनेको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माले बताए । नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघ मार्फत च्याम्पियनसिपमा सहभागिता जनाएका नेपालका राजेश बस्नेतले स्पाईरिङ र प्याट्रन विधामा एक एक स्वर्ण जिते ।
त्यसैगरी, रोप स्किपिङ र जापानिज फममा उनले एक एक रजत जिते । राज कुमार दराईले प्याट्रनमा स्वर्ण जित्दा स्पाईरिङ,रोप स्किपिङ र जापानिज फममा एक एक रजत जितेका छन् । जनक राज गौतमले स्पाईरिङमा स्वर्ण जित्दा प्याट्रनमा रजत हात पारे । यस्तै शिवराज देवकोटाले स्पाईरिङमा रजत जितेका छन् भने विशाल शाह र विकास श्रेष्ठले एक एक कास्य जिते ।
यस्तै प्रतियोगितामा नेपालका प्रशिक्षक शर्मालाई आउटस्टान्डिङ इन्स्ट्रक्टर अवार्ड प्रदान गरिएको थियो । नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघका महासचिब समेत रहेका शर्मालाई दक्षिण एसियामा तेक्वान्दो मार्शल आर्ट्सको विकास, विस्तार, प्रचार एवंम प्रवर्दनमा उलेख्य योगदान पुर्याएको कारण अवार्ड प्रदान गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?