गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ९ गते । भारतले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको पुरुष फुटबलमा सहभागी नहुने भएको छ । खेल तालिका सार्वजनिक भइसकेको अवस्थामा भारतले पुरुष फुटबलमा सहभागी नहुने जनाइएको छ ।
सागका लागि टोली दत्र्ताको क्रममा भारतले महिला फुटबलमा मात्रै दत्र्ता गराएको छ । पुरुष फुटबल टोलीको दत्र्ता नहुँदा भारतले पुरुष फुटबलमा सहभागी नहुने अनुमान गरिएको छ । यद्दपी टोली दत्र्ताको क्रममा जारी रहेको र भारतले सहभागी नहुने सम्बन्धमा प्रष्ट्याइ सकेको छैन् । यसअघि भारतले पुरुष क्रिकेटमा समेत सहभागी नहुने पहिल्यै प्रष्ट्याइसकेको छ ।
यसअघि पुरुष फुटबलमा नेपाल, बङ्गलादेश र भुटान समूह ए मा र भारत, माल्दिभ्स र श्रीलङ्का समूह बी मा गरी साग फुटबलको खेलतालिका सार्वजनिक गरिएको थियो । तर भारत सहभागी नहुने भएपछि खेल राउण्ड रोबिनको आधारमा हुनेछ । पाँच टोलीमध्ये उत्कृष्ट हुने दुई टोलीबीच स्वर्ण पदकका लागि स्पर्धा हुनेछ ।