logo
२०८१ मंसिर ७ शुक्रवार



क्रिकेटर आर्चरमाथि रङ्गभेदी टिप्पणी

खेलकुद |


क्रिकेटर आर्चरमाथि रङ्गभेदी टिप्पणी


एजेन्सी
काठमाडौं, मङ्सिर १० गते । इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले आफूमाथि रङ्गभेदी टिप्पणी गरिएको दाबी गर्नुभएको छ । न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलको अन्तिम दिन आर्चरमाथि रङ्गभेदी टिप्पणी गरिएको हो ।
२४ वर्षिय आर्चर विदेशी भूमिमा पहिलोपटक टेष्ट खेल्न न्युजिल्याण्डको टापु माउन्ट मौनगनुईमा उत्रिदा उहाँमाथि टिप्पणी गरिएको छ । इंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको उक्त खेल ६५ रनले गुमाएको थियो । आर्चरले खेलको अन्तिम दिन ५० बलमा ३० रन बनाउनुभएको थियो । आउट भएर पेभेलियन फर्किरहँदा भिडबाट एक युवाले उहाँमाथि रङ्गभेदी टिप्पणी गरेको आर्चरले आफ्नो सामाजिक सञ्जालमा खुलाउनुभएको छ ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आर्चरमाथि भएको उक्त दुब्र्यवहारको छानबीन गरिरहेको जनाएको छ । छानबीनको क्रममा आर्चरलाई दुब्र्यवहार गर्नेले सामाजिक सञ्जालमै सन्देश पठाएका छन् ।
इंग्ल्याण्ड पुरुष क्रिकेटका निर्देशक आश्ले जाइल्सले भन्नुभयो, “घटना एकदमै भावनात्मक हो, दुःख लागेको छ । उहाँले दुब्र्यवहार गर्नेको पहिचान भइसकेको बताउनुभयो । न्युजिल्याण्ड क्रिकेट बोर्डले आफ्नो भूमिमा भएको उक्त दुब्र्यवहारपछि आर्चरसँग क्षमा याचना माँगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?