logo
२०८१ मंसिर ७ शुक्रवार



बौल्ट र ग्रान्डहम दोस्रो टेष्टबाट बाहिरिए

खेलकुद |


बौल्ट र ग्रान्डहम दोस्रो टेष्टबाट बाहिरिए


एजेन्सी
काठमाडौं, मङ्सिर ११ गते । न्युजिल्याण्डका तिब्र गतिका बलर ट्रेन्ट बौल्ट र अलराउन्डर कोलीन डे ग्रान्डहम इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट म्याचबाट बाहिरिएका छन् । दुबैजना खेलकै क्रममा घाईते भएपछि बाहिरिएका हुन् ।
न्युजिल्याण्डको उत्तरी जिल्लाका अलराउन्डर डेरिल मिसेल ग्रान्डहमको स्थानमा टोलीमा बोलाइएका छन् । लुसी फरगुसन र म्याट्ट हेनरी १४ सदस्यीय टोलीमा अटाएका कारण वैकल्पिक खेलाडीको रुपमा रहनेछन् । बौल्टको स्थानमा दुईमध्ये एकजनाले खेल्नुहुनेछ । ग्रान्डहमले पहिलो टेष्ट म्याचको एक पारीमा मात्रै न्युजिल्याण्डले ब्याटिङ्ग गर्ने अवसर पाउँदा ६५ रनको योगदान दिनुभएको थियो । प्रमुख बलर ट्रेन्ट बौल्ट भने पहिलो पारीमा एक विकेट लिँदा दोस्रो पारीमा विकेटविहीन बन्न पुग्नुभयो ।
बौल्टले पहिलो टेष्टको पाँचौं तथा अन्तिम दिनको खेलमा एक ओभर मात्रै बलिङ्ग गर्न भ्याउनुभयो । ढाड छेऊमा दुखाइ भएपछि उहाँ बलिङ्ग गर्न सक्नुभएन । ‘एम आर आई’ गर्दा दायाँ हातको माथिल्लो भागको मांसपेशी तानिएको देखिएको छ ।
आगामी शुक्रबारदेखि न्युजिल्याण्डले इंग्ल्याण्डसँगको दोस्रो टेष्ट म्याच खेल्नेछ । पहिलो टेष्ट खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई एक पारी र ६५ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
न्युजिल्याण्ड टोलीले अष्ट्रेलिया भ्रमणमा डिसेम्बर पाँच तारेखमा प्रस्थान गर्नेछ । सात डिसेम्बरदेखि सुरु हुने अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंलाका लागि दुबैजना खेलाडी तयार रहने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?